
दोलखाबाट काठमाडौं आउँदै गरेको शैलुङ्गेश्वर यातायातको बस सिन्धुपाल्चोक सुकुटेबाट सुनकोशीमा खस्दा १० जनाको मृत्यु भएको छ।
शैलुंगेश्वर यातायातको बा २ ख ७२४५ नम्बरको बस सिन्धुपाल्चोकको सुकुटेमा दुर्घटना हुँदा १० जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएका छन्। बसमा ३४ जना यात्रु सवार थिए।
अहिले घाइतेहरुको उद्धार जारी रहेको छ। मृतकको सनाखत हुन भने बाँकी छ। घटनाको थप विवरण आउन बाँकी छ।