Breaking News :

रुक्मिणीको साहसिक साइकलयात्रा

तिहारको भोलिपल्ट उधोग बाणिज्य संघका कार्यसमिती सदस्य तथा नेपाल बोटल उधोग संघका केन्द्रीय उपाध्यक्ष श्री सोम प्रसाद काप्री,चितवन राइडर्स क्लबका कोषाध्यक्ष श्री धर्मराज सापकोटा र अन्य राइडर्श क्लबका साथिहरुले नारायणगढबाट बिदाइ गरेपछि हाम्रो नारायणगढ — मुग्लिङ — धादिङ हुँदै जोगिमारा , कोट , हात्तिबाङ , उपरदाङगढी यात्रा सुरु भयो।

पहिलो दिन हामी नारायणगढ हुँदै मुग्लिङ , हुडिखोला ,जोगिमारा,कोट हुँदै हात्तीबाङ पुग्न सफल भयौ । यात्रामा हामी ७ जना सदस्य थियौ । यात्राको नेतृत्व चितवन राइडर्स क्लबका अध्यक्ष श्री नवीन खरेलले गर्नु भएको थियो र सह-नेतृत्व भने दाइ रामचन्द्र सुवेदी र केशव घिमिरेले गर्नु भएको थियो भने अन्य साथी भाइहरुमा रोनिश कर्माचार्य,मनिश भाइ,देवशिस त्रीपाठी रहेका थिए।

हामी हात्तिबाङ करिब १३ घन्टाको राइडिङमा पुगेका थियौ त्यसैले हामी खाना खाएर केही बेर रमाइलो यात्राको गफ गर्दै सुत्न तिर लागियो।भोलि पल्ट बिहान हामी चितवनको सबै भन्दा अग्लो पहाड सिराइचुली घुमियो। वरिपरिबाट हिमालै हिमाल हासिरहेको दृश्यले हामिसबैलाइ मनमोहक बनायो। जङ्गल भरी गुराँसको रुख अनि थरी थरीका फुलले अझ बाताबरणलाई मनमोहक बनाइरहेको थियो।

हामी करिब दुई घन्टाको बसाइ पछि तल हात्तिबाङ झरियो।हात्तीबाङ नाम कसरी भयो भन्ने जिज्ञासा मेटाउन हामी बसेको होटेलका बुबाले तेहि अगाडि हात्तिको स्वरुप भएको ढुङ्गा देखाउदै केही रोचक कथा सुनाउनु भयो।।हामीले हात्तिबाङमा सरल स्वभावका,सोझा र मेहेनिती दिदी बैनी ,दाजु भाइ देख्न पाइयो।।गाउँमा बिजुलिको पोल गाडेर पनि अहिले सम्म बिजुली बत्ती नआएको करिब २ बर्ष भएको रहेछ।

हामी खाना खाएपछि केही बेर आराम गरि हाम्रो अर्को गन्तब्य कोट र उपरदाङगढी तिर लागियो।कोटमा केही बेर आराम गरेपछी हाम्रो साइकल उकालो ओरालो हुँदै हिमाल पारिका पहाड जस्तै देखिने नाङा पहाडलाई छिचल्दै सुन्दर गाउबस्ती हुँदै करिब बेलुकाको ७ बजे हामी उपर्दाङगढी पुग्न सफल भयौ। केही बेर हामी आराम गरेपछी खाना खाइ रमाइलो गफ गर्नतिर लागियो।

भोलि पल्ट बिहान हामी ऐतिहासिक स्थल गढिमा र गाउँघरतिर केही बेर घुमीयो।करिब हामी ११ बजे खाना खाइ केही बेर आराम गरि करिब १२ बजे शक्त्तिखोर हुँदै नारायणगढ पुगियो।हाम्रो ३ दिनको यात्रा अतिनै रमाइलो भएको थियो। हाम्रो यो यात्रालाइ भावनात्मक रुपमा विभिन्न संघ सस्था तथा ब्यक्तिहरुले सुभकामना दिनुभएको थियो।।

विशेष गरेर हाम्रो यात्रामा जानू भएका सबै रमाइला , सहयोगी साथिभाइहरुलाइ बिशेश धन्यबाद दिनचाहन्छु र तेस्तै धन्यबादको पात्र दिनेशलाल चुके दाइ पनि हुनुहुन्छ।वहाबाट हामिले धेरै जानकारी पाउन सफल भएका थियौ ।।
अर्को बिशेश धन्यबाद मैले मेरो सबै घरपरिवारका सदस्यहरु आमा , मेरो देवर देवरानी मनोज घिमिरे,इन्दिरा घिमिरे र मेरा छोराहरु र मलाइ हौसाला दिने सबै दियालो टोल बिकास सस्थाका सदस्यहरुलाइ दिन चाहन्छु।वहाहरुको हौशाला र सहयोगले हामी हाम्रो यात्रा जारी राख्न सकेका छौ।

बिदेशमा बसेर पनि हामिलाइ हौसला र सहयोग गर्ने दाजु,भाउजू,दिदी,भिनाजुलाइ हृदय देखि नमन गर्न पनि चाहन्छु।।अति बिशेश धन्यबाद स्मल हेभन मोडेल स्कुलका डाइरेक्टर श्री राम प्रसाद भट्ट, प्राचार्य बिमल क्षेत्री , अनि सह- प्राचार्य श्री अन्जना कन्डेल र सबै स्कुलका शिक्षक , शिक्षिकालाइ दिन चाहन्छु। सबैको साथ र सहयोगले साइकलको दुनियामा म यहाँ सम्म आउन सफल भएको छु।

मेरो लक्ष खाली साइकल चलाउनु नभई केही शिक्षा समाजलाइ छोड्नु पनि हो।।हामिले दैनिक जिबनमा साइकल केही समय चलाउदा पनि हाम्रो स्वास्थ र बाताबरणलाई सकारात्मक असर पर्नेछ।अब नेपाल सरकारले पनि बाटो घाटो बनाउँदा साइकल लेनलाई पनि बिशेश प्राथमिकता दिनु पर्छ।साइकल चलाएर स्कुल तथा कलेज पढ्न आउने बिध्यार्थीलाई पनि बिशेश छुट र हौसला दिनसकेमा हाम्रो चितवन र पुरै देश साइकलको देश भनेर चिनिनेछ।

आउदै गरेको पर्यटन बर्ष २०२० हामी सबै नेपालीहरुले चाडबाड जस्तै गरेर मनाऔ।सबै आन्तरिक तथा बाहिरका पर्यटकलाइ मीठो र राम्रो व्यवहार गरौ।।हाम्रो देश कृषि प्रधान होइन सरकार,स्थानिय सरकार तथा महानगर पालिका र नगरपालिका र सबै जन मिलेर गर्यौ भने सन्सारको पहिलो गन्तव्यको देश बन्नेछ ।

हाम्रो अर्को यात्रा

पशुपति — शिन्धुलिगढी — जनकपुर
नारायणगढ —माथिल्लो मुस्ताङ
नारायणगढ —- लुम्बिनी
नारायणगढ —– रारा ।

जय देश,जय नेपाल अनि जय साइकल।

merokhabarsathi

Read Previous

मेडिकल काउन्सिलको अध्यक्षमा डा. भगवान कोइराला नियुक्ति

Read Next

सुनकोशीमा बस दुर्घटना अपडेट : मृतकको संख्या १० पुग्यो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram