Breaking News :

 नेपाली सेनाको नयाँ कार्गो विमान काठमाडौं आईपुग्यो

नेपाली सेनाको नयाँ कार्गो विमान काठमाडौं आईपुगेको छ । इन्डोनेसियाबाट खरिद गरिएको नयाँ ट्रान्सपोर्ट विमान काठमाडौं आइपुगेको हो ।

विपद्का समयमा सामान ढुवानी र यात्रु ओसारपसार तथा सैनिक प्यारा तालीमका लागि प्रयोग गर्ने बताइएको छ । उक्त कम्पनीका विमान सबैभन्दा धेरै प्रयोग टर्की फ्रान्स, मलेसियालगायत मुलुकले गर्दै आएका छन् । कल साइन सिएन २३५–२०० विमान नेपाली सेनाले तीन करोड अमेरिकी डलरमा खरीद गरेको हो ।

यो विमानसहित नेपाली सेनासँग अब विमान र हेलिकप्टरको सङ्ख्या गरी २० पुगेको छ ।

 

merokhabarsathi

Read Previous

चितवनको माडीबाट ५ जना जुवाडे पक्राउ

Read Next

नारायणीमा देखियो छठको रौनक (फिचर फोटो)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram