प्रथम कालिका गोल्डकप:लेखनाथ युनाइटेड पोखरालाई हराउदै एपीएफ भण्डारा दोस्रो चरणमा
चितवन मेडिकल कलेजले एमबिबिएस लगायतका विषय अध्ययनरत विद्यार्थीहरुबाट बढी शुल्क लिएको स्वीकार गर्दै समायोजन गर्ने प्रतिवद्धता जनाएको छ ।
कलेजले आज शुक्रबार विहान पत्रकार सम्मेलन गरी शुल्क फिर्ता गर्ने प्रतिवद्धता जनाएको हो । सरकारले तोकिदिएको भन्दा बढी शुल्क लिएको भन्दै कलेजमा अध्ययनरत विद्यार्थीहरुले आन्दोलन गरेका थिए । बढी लिएको रकम फिर्ता वा कलेजको शुल्कमा समायोजना हुनुपर्ने उनीहरुको माग थियो ।
४ असोजमा एक महिनाभित्र शुल्क फिर्ता गर्ने र शुल्क फिर्ता वा समायोजन कस कसलाई कति गर्ने भनेर रिर्पोट दिन समिति बनाउने सहित पाँचबुँदे सहमति भयो ।
यो सहमतिसँगै आन्दोलन रोकियो । तर समितिले हालसम्म प्रतिवेदन तयार गरेको छैन । समितिले प्रतिवेदन नदिए पनि आफूहरुले गत शैक्षिक सत्रमा बढी लिएको शुल्क फिर्ता गर्ने कलेजका अध्यक्ष एवम् प्रवन्ध निर्देशक डा. हरिस न्यौपानेले बताए ।