
चितवनको खैरहनी नगरपालिकामा बस र मोटरसाईकल एक आपसमा ठक्कर खाँदा मोटरसाईकलमा सवार एक जनाको मृत्यु भएको छ ।
ना ६ ख१७४१ नम्बरको बसमा ना ५५ प २१३१ नम्बरको मोटरसाइकल ठक्कर खादा मोटरसाइकल चालक खैरहनी १ बस्ने बर्ष ३० को अनिल अधिकारीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय खैरहनीका प्रहरी निरीक्षक धनदेव साउदले जानकारी दिए ।
दुर्घटनामा परि गम्भीर घाइते भएका अधिकारीको उपचारको क्रममा मृत्यु भएको हो ।