Breaking News :

नारायणी नदिको पुलबाट हाम फालेर एक जनाको मृत्यु एक जना वेपत्ता

नारायणी नदिको पुलबाट हाम फालेर एक जनाको मृत्यु भएको छ भने एक जना वेपत्ता भएका छन् । इलाका प्रहरी कार्यालय नारायणगढले दिएको जानकारी अनुसार आज अपरान्ह ४ बजे हाम फालेका अन्दाजी ३०/३५ बर्षका पुरुषको शव नदि किनारमा फेला पारिएको हो ।

व्यपत्ता अर्का एक जनाको खोजी भइरहेको इलाका प्रहरी कार्यालय नारायणगढका प्रहरी निरीक्षक रविनबाबु रेग्मीले जानकारी दिनुभयो । प्रत्यक्षदर्शीले बताए अनुसार दुईजना संगै हाम फालेको थिए । उनिहरुको पहिचान भएको छैन् । शवको मुचुल्क उठाएर परिक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ ।

merokhabarsathi

Read Previous

आज लक्ष्मीपूजा, यस्तो छ पुजाको साइत

Read Next

बैंकरहरुलाई साइबर सुरक्षा बीमा गर्न निर्देशन दिने तयारीमा राष्ट्र बैंक

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram