Breaking News :

आज लक्ष्मीपूजा, यस्तो छ पुजाको साइत

आज बेलुकी ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा गरी लक्ष्मीपूजा मनाइन्छ । आज घर सफासुग्घर र लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई बोलाउने गरिन्छ ।

आज विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सङ्घार, कौसी, भर्‍याङलगायत ठाउँमा सरसफाइ गरी मैनबत्ती, दियोबत्ति र झिलिमिली बत्ति बालेर घरमा लक्ष्मी भित्राउने गरिन्छ ।आजको रातलाई लक्ष्मी पूजा गरिने कात्तिक कृष्ण औँसीको रात अर्थात् सुखरात्री पनि भनिन्छ ।श्री रामको अयोध्याका वरपर रहेका मानिसले उनको स्वागतमा घ्यूको दियो बालेर औंसीको कालो रातलाई उज्यालो बनाएको धार्मिक परम्परा रहीआएको छ । त्यसैले यस दिनलाई दीपावलीको प्रकाशोत्सव भन्ने पनि गरिन्छ ।

लक्ष्मी पूजाका लागि आज बेलुकी आँगनमा रहेको तुलसाको मोस्ट देखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने कोठासम्म गाईको गोबर र रातोमाटाले लिपपोत गरेर चामलको पीठो र अबीरले लक्ष्मीको पाइला बनाई लक्ष्मी आउने बाटो देखाइन्छ ।

पाइलैपिच्छे दीप प्रज्वलन गरी झिलीमिली बनाइन्छ । दीपावली गरिसकेपछि पूजा कोठामा दियो, कलश र गणेशसहित लक्ष्मी स्थापना गरेर गरगहना, पैसा, धान, चामल, फलफूल, सेलरोटी र फूलमाला चढाई विधिपूर्वक लक्ष्मीको पूजा गरिन्छ ।

लक्ष्मीपूजापछि कन्या केटी र छोरी चेलीलाई लक्ष्मीको प्रतीक मानी पूजा गरी दक्षिणासमेत दिने प्रचलन छ । आज घरमा लक्ष्मी पूजा गरेपछि धनदौलत वा अन्य सामान घरबाहिर पठाए लक्ष्मी बाहिर जान्छिन् भन्ने धार्मिक विश्वास समेत रहेको छ ।भने आज बेलुकी समूह बनाई घरघरमा देउसीभैलो समेत खेल्ने गरीन्छ । भैलो खेल्न आउनेलाई दिइने दान कात्तिकको दान भएकाले नदिएमा राम्रो नहुने र दिएमा पुण्य प्राप्त हुने धार्मिक विश्वास छ ।

यस्ता छन् लक्ष्मी पुजाको साइत

साँझ ६ः४२ देखि ८ः११ बजेसम्म

प्रदोष काल साँझ ५ः३६ देखि ८ः११ बजेसम्म

वृषभ काल साँझ ६ः४२ देखि ८ः३७ बजेसम्म

अमावस्या तिथि आरंभ रातको १२ः२३ बजेसम्म

अमावस्या तिथि भोलिपल्ट विहान ९ः०८ बजे समाप्त हुनेछ ।

merokhabarsathi

Read Previous

आज महाकवि लक्ष्मीप्रसाद देवकोटाको १ सय ११ औं जन्मजयन्ती

Read Next

नारायणी नदिको पुलबाट हाम फालेर एक जनाको मृत्यु एक जना वेपत्ता

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram