एक महिनामा ३३७ जना पक्राउ

चाडपर्वमा लागु गरिएको विशेष सुरक्षा योजना अन्तर्गत असोज १२ देखि हालसम्म चितवन प्रहरीले ३३७ जनालाई पक्राउ गरेको छ ।प्रहरीले दिएको जानकारी अनुसार ती मध्ये १५४ जनालाई मुद्धा चलाइएको छ भने १८३ जनालाई सोधपुछ पश्चात छोडिएको छ । त्यस अविधमा जुवाडेको खालबाट ३ लाख ३८ हजार ६ सय २० रुपैयांँ बरामद गरिएको छ ।

तिहार एवं छडपर्वको शुभकामना आदानप्रदान तथा पत्रकार भेटघाटको अवसरमा आज कार्यालयमा आयोजित कार्यक्रममा यसबारे जानकारी दिएको हो । प्रहरीले दिएको जानकारी अनुसार ती मध्ये १५४ जनालाई मुद्धा चलाइएको छ भने १८३ जनालाई सोधपुछ पश्चात छोडिएको छ । त्यस अविधमा जुवाडेको खालबाट ३ लाख ३८ हजार ६ सय २० रुपैयांँ बरामद गरिएको छ ।

चितवन प्रहरीले लागुऔषधमा संलग्न १८ जनालाई पक्राउ गरेको छ । उनीहरुको साथबाट डाइजेपाम ५४ एम्पुल,व्युप्रिनोफिन ५२ एम्पुल, फेनारगन ५२ एम्पुल, नाइट्राजेपाम ४६३ ट्यावलेट र गांँजा २ किलो ७सय ८१ ग्राम बरामद गरिएको जानकारी दिएको छ । उनीहरुलाई पक्राउ गरि थप अनुसन्धान गरी कारवाही अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

merokhabarsathi

Read Previous

प्रहरीको निर्घात कुटपिटबाट भरतपुर अस्पतालमा कार्यरत २ कर्मचारी घाइते

Read Next

विदुयित बत्ती भित्रिन थाले संगै माटोको पालाको व्यापार घट्यो

Leave a Reply

Your email address will not be published. Required fields are marked *