
नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्काले टी–टेन लिग खेल्ने भएका छन् ।हालै कप्तानीबाट राजिनामा दिएका पारसले टिम आवुदावीबाट टी–१० लिग खेल्ने भएका हुन्।
पारस १० हजार अमेरिकी डलरमा आवुदावीमा अनुबन्धित भएका हुन् ।पारस ड्राफ्ट अघि नै आवुदावीमा आबद्द भएका हुन् । पारस विदेशी फ्रेन्चाइज लिग खेल्ने तेस्रो नेपाली खेलाडी हुन् ।
यसअघि नेपालका सन्दीप लामिछाने र सोमपाल कामीले मात्र विदेशी फ्रेन्चाइज लिग खेलेका छन् ।