कात्तिक ९ गते भरतपुरलाई पहिलो सडकमानवमुक्त महानगर घोषणा गर्ने तयारी

मानवसेवा आश्रमको पहलमा स्थानीय प्रशासन, भरतपुर महानगरपालिका, प्रहरीलगायतको सहकार्यमा चितवनको भरतपुरलाई पहिलो सहयोगापेक्षी सडकमानवमुक्त महानगर बनाउने अभियान जारी छ । यही कात्तिक ९ गते उक्त घोषणाको तयारी गरिएको भरतपुर महानगरपालिका प्रमुख  रेनु दाहालले बताइन् ।

त्यसको पूर्वतयारीस्वरुप असोज २७ बाट रात्रि सडक अध्ययन र उद्धार अभियान जारी छ । सडकमा भेटिएका १३१ मध्य आश्रममै राखेर संरक्षण दिनुपर्ने छ जना मात्रै छन् । शारीरिक अशक्त र जागीर नपाएर सडकमा आएको भन्नेहरु १५ जना छन् भने अरु पेशेबर मगन्ते फेला परेका छन् । हरेक दिन साँझ ७ बजेदेखि रातको १२ बजेसम्म अभियान चल्दै आएको छ ।

मुलुकका वास्तविक सहयोगापेक्षीलाई संरक्षणमा अब ठूलो समस्या छैन । अरु पेशेबर मगन्ते समुहको व्यवस्थापन अहिलेको ठूलो चुनौती बन्न पुगेको अभियानकर्मी सुमन बर्तौलाको भनाइ छ । -उनले सरकारको पूर्ण अभिभावकत्व रहने हो भने दुई वर्षभित्र नेपाललाई बेसहारा सहयोगापेक्षी सडकमानवमुक्त घोषणा गर्न सकिने बताए ।

पछिल्लो सात वर्षको अवधिमा विभिन्न १४ जिल्लामा १६ शाखा स्थापना गरेर सेवा दिँदै आएको आश्रमले दुई हजारलाई उद्धार गरेकोमा ६०० लाई परिवारमा पुनःमिलन गराइएको र ८०० जना हाल संरक्षणमै रहेका जनाएको छ ।रासस

merokhabarsathi

Read Previous

चितवनमा तिहारमा पटका पड्काउनेलाई कारबाही गर्ने जिल्ला प्रशासनको चेतावनी

Read Next

२० करोडको लागतमा भरतपुर महानगरमा स्मार्ट सडक बत्ती जडान गर्दै, तीन वषभित्र सबै नेपालीको घरमा बिजुली बल्ने

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram