Breaking News :

चितवनमा तिहारमा पटका पड्काउनेलाई कारबाही गर्ने जिल्ला प्रशासनको चेतावनी

जिल्ला प्रशासन कार्यालय चितवनले तिहारमा पटका जस्ता विस्फोटक पदार्थ पड्काएर आतंक मच्याउनेलाई कारबाही गर्ने जनाएको छ ।

कार्यालयले आज एक विज्ञप्ति जारी गर्दै पटका नापड़काउन निर्देशन दिएको हो । सांस्कृतिक महत्वका पर्वहरु मनाउने क्रममा विस्फोटक पदार्थको प्रयोगबाट सर्वसाधारणको स्वास्थ्य र सुरक्षामा नकारात्मक असर पर्ने विज्ञप्तिमा उल्लेख छ । प्रशासनले त्यस्ता विस्फोटक पदार्थको ओसारपसार, बिक्रीवितरण र प्रयोग नगर्न सबैलाई अनुरोध पनि गरेको छ । यदि प्रयोग गरेमा स्थानीय प्रशासन ऐन बमोजिम कारबाही गरिने विज्ञप्तिमा जनाएको छ ।

merokhabarsathi

Read Previous

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको डीपीआर तयार, यस्तो छ डीपीआर

Read Next

कात्तिक ९ गते भरतपुरलाई पहिलो सडकमानवमुक्त महानगर घोषणा गर्ने तयारी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram