बेवारिसे अवस्थामा रहेको पाँच बोरा पटाका बरामद

सप्तरीको राजविराजस्थित नेताचोकबाट प्रहरीले बेवारिसे अवस्थामा रहेको पाँच बोरा पटाका बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सप्तरीको टोलीले विभिन्न ब्राण्डका पाँच बोरा पटाकाहरु बरामद गरेको र बरामद पटाकाको मूल्य अन्दाजी एक लाख ५० हजार रुपैयाँ बराबर रहेको प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिए ।

बेवारिसे अवस्थामा लुकाइएको पटाकाहरु विशेष सूचनाको आधारमा बरामद गरिएको र ती पटाकालाई जिल्ला प्रहरी कार्यालयमा नष्ट गरिने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

 

merokhabarsathi

Read Previous

चितवन मेडिकल कलेजको स्थिति भयावय, हस्पिटलनै तोडफोड, ४० राउण्ड बढी अश्रुग्याँस प्रहार

Read Next

पार्टी मिलिसक्दा पनि सांसद मिलेनन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram