Breaking News :

सीएमसीको लापरबाहीले बिरामीको ज्यान गयो, अस्पातल परिसरको स्थिती तनावग्रस्त

चितवन मेडिकल कलेजमा नाकको अप्रेसन गराउन आएकी एक महिलाको ज्यान गए पछी अहिले स्थिती तनाब ग्रस्त भएको छ । नवलपुर कावासोतीकी ३१ बर्षिय आशा ज्ञवालीको नाकको अप्रेसन गराउने क्रममा ज्यान गएको हो । चितवन मेडिकल कलेजको लापरबाहीको कारण उनको ज्यान गएको पारिवारीक स्रोतले दाबी गरेका छन् ।

मृतक आशाका श्रीमान पुकनारायण ज्ञवालीले अस्पातलको लापरबाहीको कारण आफ्नो श्रीमतीको ज्यान गएको बताए । डाक्टरको सल्लाह अनुसार नै नाकको अप्रेसन गर्नलाई अस्पातल आएको मृतकका श्रीमान पुकनारायणले बताए ।

२ महिना अघी डाक्टरले दिएको सल्लाह अनुसार नै गत असोज २६ गते आशालाई अस्पातल ल्याईएको थियो । अप्रेसन अघी सबै टेस्ट गरेर २७ गते बिहान करिब ९ बजे तिर उनलाई शल्यक्रियाका लागि अप्रेसन कक्षमा लगिएको पुकनारायणले बताए । डाक्टरले ३ घण्टा भित्र शल्यक्रिया गरेर सकिन्छ भनेता पनि अपरान्ह ४ बजे सम्म पनि आफुलाई केही जानकारी नगराएको उनले बताए । त्यस बिषयमा नर्सहरुसँग बुझ्न खोज्दा हुँदै छ भन्ने मात्र जवाफ आएको उनले बताए ।

३ घण्टामा हुन्छ भनिएको शल्यक्रिया ६-७ घण्टा पुग्दा पनि भए नभएको र बिरामीको अवस्था बारे कसैले केही पनि जनाकरी नगराएको उनले बाताए । करिब अपरान्ह ४ बजे तिर शल्लेक्रिया भएको र केही बेरमा बिरामीलाई पोस्टअफमा भेट्न सकिने खबर प्राप्त गरेको उनको भनाई छ ।

शल्यक्रिया गरेर आशालाई आईसियुमा राखिएको र त्यही गएर उनलाई भेटेको पुकनारायणले बताए । भेटमा आशाले पेट दुखेको बताएको र त्यस बारे जानकारी गराउदा डाक्टरले पिसाब नखुलेको कारण त्यस्तो भएको हुन सक्ने भन्दै औषधी प्रयोग गर्न लगाएको उनले बताए । त्यस पछी डाक्टरले घरी म्रिगौला घरी कलेजोमा समस्या देखिएको भन्दै टेस्ट गर्न लगाउदै आफ्नो कमजोरी लुकाउन खोजेको उनले आरोप लगाए । अस्पातलले हिजो (शनिबार) अपरान्ह करिब ४ बजे तिर आशाको मृत्‍यु भएको भनी जानकारी गराएको उनले बताए । घटना पछी प्रशासनसँग कुरा गर्न खोज्दा आफुलाई भित्र पस्न नदिएको मृतकका श्रीमानले बताए ।

अस्पातल निर्देशक दयाराम लम्सालले यस बिषयमा छलफल भईरहेको बताए । छलफल भईरहेको भन्दै घटनाको बिषयमा केही बताउन चाहेनन् । घटना पछी हिजो राती नै २ पटक सम्म अस्पातल प्रशासनसँग वार्ता भएको मृतकका फुपाजु कोषराज कार्कीले बताए । तर दुबै पटकको वार्तामा कुनै निर्णय नभएको बताए । मृतकका परिवारले शल्यक्रियामा संलग्न डाक्टरको लाइसेन्स खारेज र परिवारलाई उचित क्षेतीपुर्तीको माग गरेको छ । भने अहिले अस्पतालको स्थिति भयावय बनेको छ अश्रु ग्यास प्रहार भएको छ भने अस्पताल पुरै तोडफोड भएको छ

merokhabarsathi

Read Previous

यस वर्षको भाइटीकाको शुभ साइत सार्वजनिक

Read Next

चितवन मेडिकल कलेजको स्थिति भयावय, हस्पिटलनै तोडफोड, ४० राउण्ड बढी अश्रुग्याँस प्रहार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram