एनआरएनएको मतदान १० बजेदेखि

गैरआवासीय नेपाली संघ (एनआरएनए) को विश्व सम्मेलन लम्बिएको छ । बुधबार राति स्थगित भएको पदाधिकारीहरुको निर्वाचन बिहीबार बिहान १० बजेदेखि हुने जनाइएको छ ।

एनआरएनएका केन्द्रीय पदाधिकारीका लागि बुधबार राति ७ बजेदेखि मतदान गर्ने भनिएको थियो । विश्वभरिबाट काठमाडौंको ह्यात होटलमा भेला भएका प्रतिनिधिहरु मतदानका लागि लाइनमा बसिसकेपछि राति मतदान स्थगनको घोषणा गरिएको थियो ।

विद्युतीय मतदान गर्ने भोटिङ मेसिन बिग्रिएकाले मतदान स्थगित गरिएको आयोजकहरुले बताए पनि आन्तरिक विवादका कारण भोटिङ रोकिएको स्रोतको भनाइ छ ।

मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेको एनआरएनएको नवौं विश्व सम्मेलन विहीबारसम्म चल्ने र प्रधानमन्त्री केपी शर्मा ओलीले समापन गर्ने कार्यसूची रहेकोछ ।

merokhabarsathi

Read Previous

नेकपाका सांसद पार्वत विरुद्ध पक्राउ पूर्जी जारी

Read Next

पर्यटक वृद्धिदरमा नेपाल एसियामै पहिलो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram