नेकपाका सांसद पार्वत विरुद्ध पक्राउ पूर्जी जारी

नेपाल कम्युनिस्ट पार्टी नेकपाका प्रतिनिधिसभाका सांसद पार्वत गुरुङविरुद्ध पक्राउ पूर्जी जारी भएको छ ।

दोलखाका सांसद तथा नेकपाका केन्द्रीय गुरुङलाई ज्यान लिने मुद्दामा पक्राउ पूर्जी जारी भएको हो । ज्यान लिने उद्योग मुद्दामा काठमाडौँ जिल्ला अदालतको आदेशमा जिल्ला प्रहरी कार्यालय दोलखाले ८ असोजमा सांसद गुरुङलाई पक्राउपूर्जीको म्याद तामेल गरेको हो ।

सांसद गुरुङले आफूले पक्राउ पूर्जी जारी गरेको जानकारी आएको स्वीकार गरेका छन् । उनले यो राजनीतिक प्रकृतिको मुद्दा भएको जिकिर गरे ।

२०७४ बैशाखको स्थानीय चुनावलगत्तै दोलखाका वीरध्वज खड्कामाथि काठमाडौंको गौशालामा आक्रमण भएको थियो ।

खड्काले सां‌सद गुरुङसमेतको संलग्नतामा आफूमाथि आक्रमण भएको भन्दै महानगरीय प्रहरी परिसर काठमाडौंमा ज्यान मार्ने उद्योगमा जाहेरी दिएका थिए ।

merokhabarsathi

Read Previous

राप्ती नगरपालिकामा पहिलोपटक ‘राप्ती महोत्सव–२०७६’ हुँदै, प्रचण्डले उद्घाटन गर्ने

Read Next

एनआरएनएको मतदान १० बजेदेखि

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram