Breaking News :

आज मात्रै ८४ जना यात्रुको भाडा फिर्ता गराउदै चितवन ट्राफिक

चितवन, २९ असोज । यातायात व्यवसायीले यात्रुसँग मनलाग्दी भाडा लिने गरेको गुनासो बढेपछी जिल्ला ट्राफिक प्रहरी कार्यलय चितवनले चेकजाँचमा कडाइ गराई छ । बुधबार बिहान मात्रै ट्राफिक प्रहरीले चितवनबाट काठमाडौं र पोखरा जाने सवारी साधनलाई रोकेर यात्रुसँग भाडा के कति लिइएको सोधपुछ गरेको थियो ।

सोधुपुछको क्रममा १० वटा गाडीले ८४ जना यात्रुसँग बढी भाडा लिएको पाईएको थियो । बिहान ५ बजे देखी ७ः३० बजे सम्म नारायणगढको बिभिन्न ठाउँमा चेकजाँच गर्ने क्रममा बढी भाडा लिएको उक्त १० वटा गाडीबाट ८४ जना यात्रुको ८ हजार ८ सय ५० रुपैया फिर्ता गरिएको जिल्ला ट्राफिक कार्यलय चितवनका प्रमुख चन्द्र कुमार गिरीले जानकारी दिए । जिल्ला ट्राफिक कार्यलयले नारायणगढको पोखरा बसपार्क र पुलचोकमा चेकजाँच गरी बढी भाडा लिने ६ वडा गाडीबाट५० हजार यात्रुको ५ हजार फिर्ता गराएको हो ।

अस्थाई ट्राफिक प्रहरी पोष्ट आँपटारीले ४ वटा गाडीबाट ३४ जना यात्रुको ३ हजार ८ सय ५० रुपैयाँ फिर्ता गराएको छ । चितवनबाट काठमाडौं तर्फ जादै गरेको बा ५ ख ३१४९, बा ३ ख २३९५, बा २ ख ८३७१, बा २ ख ७०२०, बा २ ख ५०२५, बा ३ ख ७२४३ नम्बरको माइक्रोबाट बढी भाडा लिइएको रकम फिर्ता गराइएको हो । काठमाडौं तर्फ नै गईरहेको ना १ ज ८०५० नम्बरको मिनी माइक्रो तथा पोखरा तर्फ गईरहेको ग १ ख ९१९४, ग १ ख ७९८९ र बा १ ख ३५६७ नम्बरको बसबाट बढी भाडा लिइएको रकम फिर्ता गराइएको ट्राफिक कार्यालयले जनाएको छ । यस्तै आवश्यक कारबाहीको लागि ति गाडीहरुको कागजपत्र लिईएको छ । गन्तव्यमा पुग्नैपर्ने यात्रुलाई बाध्य पारेर बढी भाडा लिने सवारीलाई रकम फिर्ता गराई कडा कारवाही गरिने ट्राफिक प्रहरी प्रमुख गिरीले बताए ।

merokhabarsathi

Read Previous

भरतपुरको क्यान्सर अस्पतालमा अब साँझमा पनि अतिरिक्त सेवा

Read Next

दिनभरको थकाई बिर्सिएर रातभर सडकमा हुन्छिन् भरतपुरकी मेयर रेनु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram