महरालाई थप ३ दिन हिरासतमा राख्न अदालतको आदेश

महिला कर्मचारीमाथि यौन दुर्व्यवहार गरेको अभियोग लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई थप ३ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

जिल्ला अदालत, काठमाडौंका न्यायाधीश दीपककुमार दाहालको इजलासले महराविरुद्ध अनुसन्धानका लागि १३ दिन म्याद दिएको हो ।

महरा १९ असोजमा बालुवाटारस्थित सरकारी निवासबाटै पक्राउ परेका थिए । तर, अदालत बन्द भएकाले म्याद थप हुन सकेको थिएन ।त्यसैले आजसम्मका १० दिनका पनि जोडिने गरी म्याद थप भएको छ ।

त्यसपछि अदालतले धरौटी, साधारण तारेख वा पुर्पक्षका लागि थुनामा पठाउने मध्ये कुनै एक निर्णय गर्नेछ ।

merokhabarsathi

Read Previous

चितवनकै सर्वाधिक धनराशीको फुटबल प्रतियोगिता ‘टुबोर्ग जेसीज विकास रनिङ शिल्डको तयारी पुरा

Read Next

राष्ट्रपति भण्डारी पाँचदिने भ्रमणका लागि आज म्यानमार जादै

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram