Breaking News :

चितवनकै सर्वाधिक धनराशीको फुटबल प्रतियोगिता ‘टुबोर्ग जेसीज विकास रनिङ शिल्डको तयारी पुरा

चितवनकै सर्वाधिक धनराशीको फुटबल प्रतियोगिता ‘टुबोर्ग जेसीज विकास रनिङ शिल्ड–२०७६’ को तयारी पुरा भएको छ । आज (मंगलबार) प्रतियोगिता हुने स्थान क्याम्पाचौर नारायणगढमा पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजक नारायणगढ जेसिजले तयारी पुरा भएको जानकारी दिएको हो ।

प्रतियोगिताको सम्पन्न गर्नका लागि गठित १६ वटै उप-समितीले सकृयाताको साथ काम गरिरहेको प्रतियोगिता संयोजक कपिल श्रेष्ठले जानकारी दिए । यस्तै प्रतियोगिता सम्पन्न गर्नका लागि चितवन जिल्ला फुटबल संघमा रहेका क्लबहरुको अध्यक्ष समिल्लित ९९ सदस्सीय सल्लहकार समिती गठन गरिएको उनले बताए । प्रतियोगिताको लागि मैदान मर्मतको काम पनि लगभग सकिएको उनले बताए ।

यस्तै दर्शकको सुबिधाको लागि आस्थाई प्याराफिट निर्माण भईसकेको छ । उक्त प्याराफिटको १ हजार ७ सय दर्शक क्षमताको रहेको उनले बताए । प्याराफिटको कारण हुन सक्ने सम्भावित दुर्घटनालाई मध्यानजर प्याराफिटलाई मजबुद बनाईएको नारायणगढ जेसिसका अध्यक्ष बिकासमान श्रेष्ठले बताए ।

मैदानको चारैतिर बार लगाउने काम पनि सम्पन्न भईसकेको श्रेष्ठले बताए । अन्य कामहरु पनि लगभग सकिएको नारायणगढ जेसीज वर्ष २०१९ का अध्यक्ष विकासमान श्रेष्ठले जानकारी दिए । प्रतियोगिताको प्रचार प्रसार तिब्र गतीमा भईरहेको प्रचार प्रसार समिती संयोजक सुर्यभक्त अधिकारीले बताए ।

प्रतियोगितामा सहभागी हुने अन्तिम १० टोलीको टुङ्गो पनि लागिसकेको छ । प्रतियोगितामा ए डिभिजनका ८ क्लब र दुई क्षेत्रीय गरी १० टोली सहभागी हुनेछन् । तीन बिभागीय टोलीहरु नेपाल पुलिस, त्रिभुववन आर्मी र शशस्त्र प्रहरीको एपीएफ सँगै जावलाखेल युथ क्लब, सरस्वती क्लब, संकटा, झापा ११, चितवन ११, मकवानपुर ११ र दार्जिलिङ युनाइटेड गरी १० टोली सहभागी हुने श्रेष्ठले बताए । अन्तिम समयमा मनाङले सहभागीता जनाउन नसक्ने भने पछी दार्जिलिङलाई सहभागी गराईएको उनले बताए ।

सहभागी १० टोलीलाई दुई समुहमा बिभाजन गरिएको छ । समुह ‘ए’ मा चितवन ११, झापा ११, मकवानपुर ११, शशस्त्र प्रहरीको एपिएफ र त्रिभुवन आर्मी क्लब रहेका छन् । यस्तै समुह ‘बी’ मा संकटा क्लब, सरस्वती युथ क्लब, नेपाल पुलिस क्लब, जावलाखेल युथ क्लब र युनाइटेड दार्जिलिङ रहेका छन् ।

दुबै समुहबाट ३-३ टोली दोस्रो चरणमा प्रवेश गर्नेछन् । प्रतियोगिताको उद्घाटन ३० गते दिउँसो २ बजे हुने तालिका रहेको छ । उद्घाटन अघी झाँकी र बिभिन्न सांस्कृतिक कार्यक्रम हुने आयोजकले जनाएको छ । यस्तै उद्घाटन खेलमा कार्तिक ३० गते चितवन ११ र मकवानपुर ११ भिड्ने तालिका रहेको छ । यो खेल दिउँसो ३ बजे हुनेछ ।

यस पटक नारायणगढ जेसीजले आयोजना गर्ने जेसिस कप र विकास शिल्ड समितिले आयोजना गर्ने ‘विकास रनिङ शिल्ड’ लाई मर्ज गरेर जेसीज बिकास रनिङ शिल्डको रुपमा आयोजना गर्न लागिएको हो । चितवनको रामपुरमा निर्माण भईरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रगंशाला सहित, नारायणगढको क्याम्पाचौरको स्तोरन्नती र भुकम्प पिडतलाई हस्तान्तरण गरिएको कुरिनटार जेसिस बिकास गाँउको बिकासमा सहयोग पुर्‍याउने उद्देश्यका साथ प्रतियोगिता आयोजना गर्न लागिएको जनाईएको छ ।

प्रतियोगिताको विजेताले ६ लाख ६ हजार ६६ रुपैयाँ सहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले ३ लाख ३ हजार ३३ रुपैयाँमा चित्त बुझाउनेछ । प्रतियोगिता अवलोकनका लागि एक सय र दुई सय रुपैयाँको टिकट व्यवस्था गरिएको छ । करिब ६० हजार दर्शकले प्रतियोगिता अवलोकन गर्ने आयोजकको अनुमान रहेको छ ।

merokhabarsathi

Read Previous

चितवनको इच्छाकामनामा शीतभण्डार निर्माण

Read Next

महरालाई थप ३ दिन हिरासतमा राख्न अदालतको आदेश

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram