Breaking News :

पारस खड्काद्वारा राष्ट्रिय टोलीको कप्तानीबाट राजीनामा

नेपालि राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काले कप्तान पद छाड्ने घोषणा गरेका छन् ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले नेपालको निलम्बन फुकुवा गरेको भोलिपल्टै खड्काले राजीनामा घोषणा गरेका हुन्। सामाजिक सञ्जाल मार्फत कप्तानी पद त्याग्ने घोषणा गरेका हुन् । दशकदेखि राष्ट्रिय टिमको नेतृत्व सम्हालेका खड्काले निलम्बन फुकुवाको स्वागत गरेका छन् ।नयाँ सुरुवातका लागि आफूले कप्तान पद छाड्ने निर्णय लिएको उनले बताएका छन् ।

२००४ मा सिनियर टिमबाट डेब्यू गरेका उनले २००९ मा राष्ट्रिय टिमको कप्तानी सम्हालेका थिए । उनको कप्तानीमा नेपालले २०१३ मा टी-ट्वान्टी विश्वकप २०१४ मा खेल्यो भने २०१८ मा एकदिवसीय मान्यता पायो । कप्तान पद छाडेपनि पारसले अझै केही समय राष्ट्रिय टिमबाट भने खेल्नेछन् ।

merokhabarsathi

Read Previous

जापानमा आएको ‘हागिबिस’ नामक शक्तिशाली आँधीका कारण ५६ जनाको मृत्यु , १५ बेपत्ता

Read Next

बम काण्ड आरोपमा पक्राउ परेका आलमलाई हिरासतमै राखेर अनुसन्धान गर्न  ७ दिनको म्याद थप

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram