Breaking News :

एनआरएनएको नवौं अन्तर्राष्ट्रिय महाधिवेशन आजबाट सुरु

‘म, मेरो एनआरएनए र मेरो नेपाल’ भन्ने मुल नारासहित गैरआवासीय नेपाली संघ एनआरएनएको नवौं अन्तर्राष्ट्रिय महाधिवेशन आजबाट सुरु हुँदैछ ।

काठमाडौंको होटल ह्यातमा हुने सम्मेलन ३० असोजसम्म चल्ने छ । एनआरएनएले महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ त्यसैगरी सम्मेलनको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले र समापन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम रहेको छ ।

सम्मेलनमा ८१ मुलुकका गैरआवासीय नेपाली प्रतिनिधिहरु, स्वेदशी, विदेशी गरी २ हजार ५ सयको सहभागिता रहनेछ ।हरेक २ वर्षमा महाधिवेशन गर्नुपर्ने प्रावधानअनुसार, एनआरएनएले नवौं महाधिवेशन गर्न लागेको हो ।एनआरएनएको सम्मेलनका लागि सोमवारसम्म विश्वका विभिन्न ठाउँमा रहेका करिव २५ सय प्रतिनिधिहरु काठमाडौं ओर्लिएका छन् ।

सन् २००३ देखि विदेशमा छरिएर रहेका गैरआवासीय नेपालीहरुको हक हितको लागि एकताबद्ध गर्ने क्रममा संघले ८० भन्दा बढी मुलुकमा आफ्नो राष्ट्रिय समन्वय परिषदहरु गठन गरिसकेको छ।

merokhabarsathi

Read Previous

निकुञ्जको कारण के माडीको विकास नभएको हो र ?

Read Next

जापानमा आएको ‘हागिबिस’ नामक शक्तिशाली आँधीका कारण ५६ जनाको मृत्यु , १५ बेपत्ता

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram