निकुञ्जको कारण के माडीको विकास नभएको हो र ?

माडी चितवनको दक्षिणमा रहेको निकै पुरानो र आदिवासी समुदाय थारुहरुको बसोबास भएको क्षेत्र हो । जसलाई चारैतिर जंगलले ओगटेको छ भने माडीको पूर्वी क्षेत्रमा ठोरी गाउँपालिकाको मध्यवर्ती वन, पश्चिममा भारतीय सीमामा जोडिएको वन, उत्तरमा चितवन राष्ट्रिय निकुञ्ज तथा दक्षिणमा चुरे पहाड र भारतीय सीमा क्षेत्र पर्दछ । समथर भूभागको बाहुल्य रहेको माडी क्षेत्रको चारैतिर उच्च पहाड देख्न सकिन्छ । चितवनको दक्षिण भेगमा भारतसँग सिमाना जोडिएर रहेको माडी क्षेत्रको कुल क्षेत्रफल २३८.५५ वर्गकिमी रहेको छ । भू–बनोटका हिसाबले माडीका अधिकांश भागहरु समथर भूभागले ओगटेको छ ।

भरतपुरबाट माडी आवत-जावत गर्नुपरेमा निकुञ्जको बाटो प्रयोग गर्नुपर्ने हुन्छ ।निकुञ्ज भित्र अहिले ग्राबेल हालेर बाटो मर्मत गरिसकिएको छ ।माडीबासीले बेला-बेला उठाउने गुनासो एउटै छ त्यो हो के निकुञ्ज माडीबासिका लागि अविसाप नै बनेको हो त ?केहि समय अघि सम्म माडी नगरपालिकाका मेयर ठाकुर प्रसाद ढकालले निकुञ्ज ऐन संसोधन नभए आफु अनसन बस्ने चेतावनी दिएका थिए ।

निकुञ्ज भित्रको बाटो कालोपत्रे गरे पनि के माडीमा पर्यटक जालान ?
चितवन निकुञ्ज भित्रको बाटो कालोपत्रे गरे पनि के माडीमा पर्यटक जालान ?यो बिषय अहिले मुख्य चुनौतीको बिषय बनेको छ ।हुन त माडी नगरपालिका चारैतिर जंगलले घेरिएको उपत्यका भएका कारण पनि यसलाई धार्मिक तथा पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न त सकिने प्रशस्त सम्भावनाहरु छन् ।तर त्यहाँ सम्म पुग्न को लागि के यातायातका साधन सजिलै जान सक्ने अवस्था छ ?माडी क्षेत्र सामाजिक, आर्थिक, भौतिक एवं पर्यटकीय दृष्टिले सुन्दर, समुन्नत र आकर्षक क्षेत्रका रुपमा स्थापित हुँदै आएको छ । यस क्षेत्रमा बस्ती विकास पूर्व र सँगसँगै धार्मिक, सांकृतिक, सामरिक र प्राकृतिक मह¤व बोकेका त्रिवेणीधाम, पाँचपाण्डव (गोद्धक), सोमेश्वर कालिका, वैकुण्ठधाम, रामसीता गुफा माडी उपत्यकाको पहिलो पहिचान हो । माडी उपत्यकाको छरछरे, कल्याणपुर भ्यू–टावर, अमलाघारी, देवेन्द्रपुरको दक्षिण सोमेश्वर मन्दिरलगायतका अनेकौँ ठाउँहरु मह¤वपूर्ण रहेका छन् ।निकुञ्जको कारण देखाउदै यस क्षेत्रको बिकाश गर्न यहाका राजनीतिककर्मी पछि हटेका छन् ।पहिले माडी क्षेत्रमा भएका पर्यटकीय स्थलको पहिचान गर्न जरुरि छ लगत्तै त्यस क्षेत्र सम्म पर्यटकलाइ आकर्षण गर्न के गर्न सकिएला त्यस बिषयमा छलफल गर्न जरुरि छ । माडीमा सुबिधा सम्पन्न होटेलहरु निर्माण हुन जरुरि छ ।अहिले माडीमा होम स्टे हरु निर्माण त भएका छन् तर तिनीहरु प्रशस्त छैनन् । पर्यटकलाइ भित्राउने हो भने माडीको बिकाशमा कोशे ढुंगा साबित हुने मा दुइ मत छैन

माडी नगरपालिकाले अरुको मुख हेर्नु हुदैन
माडी क्षेत्रको वाल्मीकि आश्रम नेपालकै एक मुख्य धार्मिकस्थल हो । माडीभित्र वाल्मीकि आश्रमलगायत गोद्धक, छरछरे, गोविन्देश्वर महादेव, वैकुण्ठ ताल, परशुराम कुण्ड, रेवा नदी, कुकुरनाथ, बिरालोनाथ आदि धार्मिक मह¤वका स्थान, ताल, नदी र मन्दिर रहेका छन् । गर्दीमा रहेको पाण्डवनगर पनि नेपालकै मुख्य धार्मिकस्थलमा पर्दछ । युधिष्ठिर, भीमसेन, अर्जुन, नकुल, सहदेव र द्रौपदी रेवा नदीकिनार आई बसेका हुनाले नै त्यो ठाउँलाई पाण्डवनगर भनिएको हो भन्ने धार्मिक मान्यता रहिआएको छ । यहाँ अझै पनि अर्जुनले बाणले खोपेर बनाएको भनिने इनार र उनीहरुका मूर्तिहरु देख्न सकिन्छ । माडी नगरपालिका ८ मा रहेको वैकुण्ठ ताल पनि पवित्र धार्मिकस्थल मानिन्छ, जहाँ वैशाख शुक्ल पूर्णिमा र बालाचतुर्दशी गरी वर्षको दुईपटक मेला लाग्ने गर्दछ । यहाँ भगवान् गौतम बुद्धले पनि एक रात बिताएको भनिन्छ ।यस्ता प्रशस्त सम्भावनाका खानि हुदा समेत माडी पर्यटकको रोजाइमा पर्न नसक्नु आफैमा दुखनिय कुरा हो ।माडीमा रहेको बाल्मिकी आश्रम जानका लागि भारतको बाटो हुदै जानुपर्ने अवस्था छ ।चितवन निकुञ्ज भित्र रहेको सो आश्रम जान भारतको त्रिबेणी हुदै जानु पर्ने बाध्यता छ ।केहि दिन अघि माडी नगरपालिकाका मेयर ठाकुर प्रसाद ढकालले बाल्मिकी आश्रम पछाडी पर्नुको कारण चितवन निकुञ्ज भएको ठोकुवा गरेका थिए । उनले यदि निकुञ्जले बाटो बनाउन अनुमति दिए १ महिना भित्र बाल्मिकी आश्रम जाने बाटो निर्माण गर्ने दाबी समेत गरेका थिए ।नेपाल सरकारकै मातहतमा रहेको चितवन निकुञ्ज र माडी नगरपालिका बीच पटक पटक विवाद हुदै आएको छ । माडीको बिकाशमा निकुञ्ज बाधक बन्नु हुदैन ।हामीले सधै भरि निकुञ्जलाइ गालि गर्दै बसेर के माडी बिकाश होला ।यी क्षेत्रहरुको धार्मिक तथा पर्यापर्यटनमा आन्तरिक र बाह्य पर्यटनको प्रवद्र्धनपश्चात् नै माडी क्षेत्रको समग्र विकास हुनेछ । त्यस कारण माडीमा पर्यटक भित्राउने हो भने पहिले पर्यटकीय क्षेत्रको पहिचान गरि यसको प्रचार-प्रसार गरि बिकाश गर्न जरुरि छ ।

हालसम्म माडी क्षेत्रबाट जिप र हात्ती सफारीजस्ता पर्यटकीय गतिविधि सञ्चालन हुन सकेको छैन । वनकट्टा क्षेत्रबाट १.५ किलोमिटर दूरीमा सुकीभार क्षेत्र छ । सो क्षेत्र एकसिंगे गैँडाको अधिक बासस्थान भएको क्षेत्र हो । मध्यवर्ती क्षेत्रमा औद्योगिक विकास गर्न नसकिने हुँदा वन्यजन्तुको जोखिमलाई व्यवस्थापन गरी पर्यटन उद्योगको विकास गर्न सकिन्छ । राज्यले भौतिक पूर्वाधार विकास तथा लगानीमैत्री नीति तर्जुमा गर्नुपर्ने, निजी क्षेत्रले नेतृत्व र लगानी गर्नुपर्ने, स्थानीय बासिन्दा पर्यटनमैत्री भएमा संरक्षणमा आधारित पर्यटन विकासबाट पर्यटनको प्रतिफल स्थानीयवासीमा पु¥याएर माडी क्षेत्रले आर्थिक समृद्धि प्राप्त गर्न सक्नेछ ।निकुञ्जद्वारा जोडिएको क्षेत्रमा पर्यटन विकास नै आर्थिक उन्नतिको मह¤वपूर्ण आधार हो । तर, माडीमा अहिलेसम्म पर्यटन विस्तारको काम शून्य हुँदा पूर्वाधार निर्माणका विषयमा असन्तुष्टि चुलिँदै गएको छ । आधारभूत पूर्वाधार निर्माणमा निकुञ्ज प्रशासनले अवरोध खडा ग¥यो भन्ने सन्देश जान थालेको छ ।

नेपाल आउने विदेशी पर्यटक र चितवन आउने आन्तरिक पर्यटकको बसाइँ लम्ब्याउन पनि माडी क्षेत्रमा रहेका पर्यटकीय गन्तव्यको विकास गर्नु आवश्यक छ । मेघौलीलगायत चितवनका पर्यटकीय क्षेत्रसँग निकट रहेको माडीमा पर्यटकीय गन्तव्य धेरै भएर पनि ओझेलमा परेको छ । निकुञ्जमा हरेक वर्ष दुई लाख हाराहारीमा पर्यटक भित्रिने गर्दछन् । माडी क्षेत्रमा भने ती पर्यटक पुग्न सकेका छैनन् । निकुञ्ज क्षेत्रमा रातिको समयमा यातायात सञ्चालन गर्न नपाउँदा सो क्षेत्रमा पर्यटक आवागमनमा बाधा पुगेको छ । निकुञ्ज क्षेत्रमा आकासे पुल निर्माण गर्नुपर्ने छ । हालसम्म उक्त कार्य हुन सकेको छैन । निकुञ्जमा ओभरफ्लाई निर्माण गर्न सक्ने हो भने माडीको विकासमा कोशेढुंगा सावित हुनेछ । यसले पर्यटकीय गतिविधिमा सकारात्मक प्रभाव पार्ने देखिन्छ ।

merokhabarsathi

Read Previous

चितवनमा गाडीको ठक्करबाट एक जनाको मृत्यु

Read Next

एनआरएनएको नवौं अन्तर्राष्ट्रिय महाधिवेशन आजबाट सुरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram