युवाहरुले बाटोको फोहोर फाले नगरपालिका भवन भित्र

असोज, २५ गते बारा- बाराको जितपुरसिमरा उपमहानगरपालिका–७, जितपुरमा उपमहानगरपालिकाले फोहोर नउठाए पछि जितपुरका युवाहरु द्धारा बाटोमा रहेको फोहोर उपमहानगरपालिका भित्र लगेर थुपारि दिएका छन् ।

उपमहानगरपालिकालाई बारमरार फोहोर उठाउन भन्दा पनि फोहोर नउठाई दिदा युवाहरु हिजो शुक्रबार रिसले बाटोको फोहोर नगरपालिका भित्र लगेर फाल्ने योजना बनाएका थिए । उपमहानगरपालिकाले शुक्रबार फोहोर उठाई रहेको क्रममा युवाहरु सोही फोहोरलाई नगरपालिका भित्र लगेर खसालेका थिए र करिब आधि घन्टाको लागि बाटो समेत अवरुद्ध गरेका थिए ।

आफुहरु यस्तो योजना÷निर्णय लिए पछि मात्र नगरले देखावटिको लागि फोहोर उठाई रहेको जितपुरका युवाहरुले बताए । जितपुर बाजार उपमहानगरपालिको सबै भन्दा ठुलो बाजार भएकोले फोहोर नउठाई दिदा जितपुर ठुस्स गनाएकोले र पथलैया–विरगञ्जको सडक ६ लेन बनाउनको लागि भत्काइएको बाटो अहिले सम्म व्यवस्थित नभएकोले जितपुरमा धुलो पनि धेरैमा मात्रामा उढ्ने गर्दछ । धुलो नियन्त्रण गर्न नगरले बाटोमा पानि समेत नखासाएको युवा र जितपुर बासिहरुले गुनासो गरेका छन् । यता बाटो उवरुद्ध हुदा प्रहरी प्रशासन आएर बाटो बन्द नगरि हामि नगरभित्र बसेर छलफल गरि यास्को निचोड निकाल्नु पर्छ भन्दै बाटो खोल्न लगाई नगर भित्र छलफलको लागि लगेको थियो ।

छलफलमा जितपुर सिमरा उपमहानगरपालिकाका प्रमुख डा.कृष्ण पौडेलले फोहोर फल्ने डम्पिङसाईडमा समस्या आएको र चार्ड पर्व परेकोले फोहोर उठाउन नसकेको बताए । उनले फोहोर उठाएर उक्त फोहोर फाल्ने उपयुक्त ठाँउ नभएको बताए । डम्पिङसाईडको समस्या छ त्यो समस्या हटेपछि यस्तो फोहोर नउठ्ने समस्या नआउने  बताए । फोहोर सरसफाईका लागि बनाईएको समितिका संयोजकले भने हामि फोहोर फल्ने ठाँउ खोजिरहेका छौँ तर उपयुक्त ठाँउ पाईरहेका छैनौँ यस्तो बाउजुदमा पनि आब देखी जीतपुरको फोहोर दिनहु सफा हुने उनले बताए । पथलैया–विरगञ्ज ६ लेन सडर विस्तारको क्रममा बाटो भत्काईएको कारण जीतपुरमा धुलो उड्ने गर्दछ, जितपुरको बाटो निर्माणको ठेक्का लिएको ठेक्केदार संग सम्पर्क नभएकोले यस्को व्यवस्थापन नभएको मेयरले बताए । अब यस्को बारेमा हामि सबै बसेर यस्को निचोड् निकाल्ने भन्दै हालको लागि बाटोमा ट्यान्की द्धारा पानि खसालेर धुलो नियन्त्रण गर्ने मेयरले जानकारि दिए

merokhabarsathi

Read Previous

चेन्नाईबाट काठमाडौँका लागि उड्यो रास्ट्रपति सी को विमान

Read Next

चिनियाँ राष्ट्रपति सीलाई विमानस्थलमा राष्ट्रपति भण्डारीले गरिन् स्वागत

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram