Breaking News :

विश्वकप छनोट : अस्ट्रेलियाकाे सामना गर्दै आज नेपाल

विश्वकप फुटबलको दोस्रो चरण तथा एशियाली छनोटमा नेपालले आज अष्ट्रेलियासँग प्रतिस्पर्धा गर्दैछ ।

अष्ट्रेलियाको जियो स्टेडियम क्यानबेरामा हुने खेल नेपाली समयअनुसार दिउँसो पौने ३ बजे सुरु हुनेछ । विश्वकप फुटबलमा लगातार सहभागिता जनाउँदै आएको अष्ट्रेलियासँग नेपाली फुटबल टिमले छनोटको तेस्रो खेल खेल्न लागेको हो ।

अष्ट्रेलिया वरियताको ४४ औँ स्थानमा छ । नेपाल १६१ औँ स्थानमा छ । युरोपेली क्लब फुटबलकाे शीर्ष डिभिजनको लिगमा अभ्यस्त खेलाडीसहित घरेलु टोली मैदानमा उत्रिँदै छ ।

यसअघि नेपालले कुवेत र चाईनिज ताईपेसँग खेलेको थियो । कुवेतसँग सात शून्यले पराजित भएको नेपालले चाइनिज ताइपेइलाई दुई शून्यले पराजित गरेको थियो ।

merokhabarsathi

Read Previous

मेक्सिकोको मेयरलाई गाउँलेहरुले कार्यालयबाट बाहिर निकालेर ट्रकमा बाँधेर सडकमा घिसारे

Read Next

मनकामना केबलकार सेवा आजदेखि पुनः सञ्चालन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram