Breaking News :

कुटपिट गरी बाउकै ज्यान लिने आमाछोरा प्रहरीको नियन्त्रणमा

आफ्नै बुवाको कुटपिट गरि हत्या गरेर फरार रहेका कान्छा छोरा र उनका आमा अर्थात् मृतककी श्रीमतीलाई आज सप्तरी प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सप्तरीको महादेवा गाउँपालिका १ पकरी निवासी २३ वर्षीय नहिम पमरिया र उनको ५० बर्षीया आमा जमुनी खातुन रहेको प्रहरी नायव उपरीक्षक तिलक भारतीले बताए ।

पारिवारिक बिवादका कारण दुई दिनअघि आइतबार राति मदिराको सुरमा नहिम पमरियाले बुवालाई कुटपिट गरेका थिए । कुटपिटबाट उनका ६२ वर्षीय बुवा मो. गफुर पमरियाको मृत्यु थियो । मृत्यु भएपछि मृतकका कान्छा छोरा नहिम र श्रीमती जमुनी खातुन फरार भएका थिए ।

पक्राउ परेका दुबै जना आमाछोराको हत्यामा संलग्नता रहेको गाउँलेहरुले आंशका गरेपछि अनुसन्धानको लागि उनीहरुलाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक भारतीले जानकारी दिनुभयो ।

दिनहुँ मदिरा सेवन गरेर घर आउने नइमले बुवासँग झगडा गरी कुटपिट गर्दा उनको मृत्यु भएको स्थानीयबासीको भनाइ छ ।

merokhabarsathi

Read Previous

चिनियाँ राष्ट्रपति सी जिनपिङ २५ गते नेपाल आउने

Read Next

मेक्सिकोको मेयरलाई गाउँलेहरुले कार्यालयबाट बाहिर निकालेर ट्रकमा बाँधेर सडकमा घिसारे

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram