दशैंमा के खाने ? के नखाने ?

चाडबाडको समयमा हामीले खानपानलाई ध्यान दिदैनौ जसले गर्दा हृदयाघात, उच्च रक्तचाप, मस्तिष्कघात पेटसम्बन्धी समस्या, फुड पोइजन, अल्सर, युरिक एसिड, मोटोपनजस्ता जस्ता रोगको लाग्न सक्छ।

रातो मासु कम खाने
रातो मासु स्वास्थ्यका लागि हानिकारक हुने भएकाले यसको प्रयोग कम गर्नु नै राम्रो हुन्छ । यसको सट्टा कम बोसो हुने मासुजन्य खानेकुरा प्रयोगमा ल्याउनुपर्छ । रातो मासुको प्रयोग गर्दा उसिनेर गर्न सकिन्छ ।

विकल्पमा माछा र अन्य सेतो मासु प्रयोग गर्न पनि सकिन्छ । अत्यधिक रूपमा रातो मासु खाँदा स्वास्थ्यमा नकारात्मक असर पर्ने अध्ययनले देखाउँछ । रातो मासुमा एमिलोइड नामक प्रोटिन पाइन्छ, जुन आवश्यकताभन्दा बढी भए दिमागमा जम्मा भएर बस्ने गर्छ  र जम्मा भएको एमिलोइड नामक प्रोटिनले स्नायुकोषमा असर पु-याउँछ ।

यस्तै, आइरनको मात्रा बढी हुँदा अल्जाइमर्सको खतरा बढ्ने गर्छ । रातो मासुमा चिल्लो पदार्थ र कोलेस्ट्रोल मात्र नभई कार्निटाइन नामक यौगिक पनि पाइन्छ । पाचन प्रणालीले उक्त यौगिकलाई टुक्य्राएर ट्रिमेथाइलेमिन एक अक्साइड उत्पादन गर्छ, यसले मुटुको धमनीमा चिल्लो पदार्थ जम्मा गरी हृदयाघात गराउँछ ।

तारेका खानेकुरा नखाने

तारेका खानेकुरामा अत्यधिक मात्रामा चिल्लो हुने हुदा रोग लाग्नसक्छ त्यसैले सकेसम्म यस्ता खानेकुरा नखाने।

प्याकेट वा बोतलका जुस प्रयोग नगर्ने

बजारमा पाइने विभिन्न किसिमका जुसमा चिनीको मात्रा बढी हुन्छ । जसलाई मन्द विषको रूपमा लिन सकिन्छ । त्यसैले घरमै बनाइएको फलफूलका जुस प्रयोग गर्ने ।

चिनी, घिउ र क्रिमको प्रयोग कम गर्ने

घिउको सट्टामा जैतुन, ओलिभ र आलसको तेल प्रयोग गर्नु राम्रो मानिन्छ ।  त्यस्तै चिनीको सट्टा स्टेभिया या सुगर फ्री प्रयोग गर्नु एकदम लाभदायी हुन्छ, यसमा क्यालोरीको मात्रा कम हुने हुँदा तौल बढ्न दिँदैन ।

फलफूल र सागसब्जी धेरै खाने

शरीरलाई भिटामिन र मिनरल एकदमै आवश्यक हुन्छ, त्यसैले फलफूल र सागपात सेवन गर्नुपर्छ।

merokhabarsathi

Read Previous

दशैँमा प्रयोग गरिने श्लोक देखि चंगा सम्मको यस्तो छ महत्व

Read Next

चितवन राष्ट्रिय निकुञ्जको सुरक्षामा कुकुर देखि ड्रोनसम्म

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram