
चितवन ।पूर्वी चितवनको सक्रिय युवाहरुको सस्था राइफल युनिटिले वडा दशैँ शुभकामना तथा सस्कृती प्रवर्द्धन गायन नृत्य नामक सास्कृतिक कार्यक्रम सम्पन्न गरेको छ ।
भासा, कला ,धर्म र सस्कृती जोगाउने उदेश्यका साथ विजयादशमी २०७६ को अवसरमा हिजो महा-अस्टमिका दिन कार्यक्रम गरिएको सस्थाका अध्यक्ष गणेश तामाङले बताए । प्रदेश नम्बर ३ का कृषि भुमी व्यवस्था तथा सहकारी मन्त्री दावा दोर्जे लामाको प्रमुख आतिथ्यमा रहेको कार्यक्रममा मन्त्री लामाले स्थानिय स्तरमा राइफल युनिटिले गरेको काम र आम जन्ता प्रती पुर्याएको योगदानको खुलेर प्रसंसा गर्नुको साथै आगामी दिनमा अझ सक्रिय रहन अनुरोध गर्नु भयो ।
स्थानिय स्तरका कलाकारहरुको बेजोड प्रस्तुती समेत रहेको कार्यक्रममा राप्ती नगरपालिका वडा न. २ का अध्यक्ष स्याम सुन्दर उप्रेती (राजा) ने.क.पा. का नेता मान ब. स्याङ्बो ,नेपाली काङ्रेसका नेता तथा समाजसेवी रामेश्वर सिंह ओलि, समाजसेवीहरु बिश्वराम सेढाई ,सुदिप रुवाली,निर्देशन त्रिपाठी सन्चारकर्मी गोपाल बिश्वकर्मा लगाएतको उपस्थित रहेको थियो ।