प्रथम कालिका गोल्डकप:लेखनाथ युनाइटेड पोखरालाई हराउदै एपीएफ भण्डारा दोस्रो चरणमा
चितवनमा गैंडाको आक्रमणबाट एक जनाको ज्यान गएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार कालिका नगरपालिका–४ बस्ने गोरे कुमालको आइतबार गैंडाको आक्रमणबाट मृत्यु भएको हो ।
रत्ननगर नगरपालिका वडा नम्बर ११, स्थित पञ्चकन्या सामुदायिक वनको खगेरी खोलामा न्यूरो टिप्न जांँदा सांँझ ५ बजे उनलाई गैडाले आक्रमण गरेको थियो । ७२ वर्षीय कुमालको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।