आज दशैंको आठौं दिन , महाअष्टमी

आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व नेपालीहरुले बडादशैँका रुपमा दुर्गा भवानीको पूजा आराधना गरी मनाउँदैछन् । बडादशैँको आठौँ दिन आज महाकालीको विशेष पूजाआजा गरिन्छ । महाअष्टमीको दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्व रहेको छ ।

आजको दिन शास्त्रसम्मतरुपमा दशैँघर, कोतलगायत राज्यका विभिन्न शक्तिपीठमा पशु बलि दिई दुर्गा भवानीको विशेष पूजाआजा गरिन्छ । दुर्गा सप्तशती, श्रीमद्देवीभागवत र देवी स्तोत्र पाठ गरिन्छ । विवेकशील र अविवेकशील प्राणी दुवैले मोक्ष प्राप्तिको चाहना गर्ने हुनाले देवमन्दिर र यज्ञयज्ञादिमा विधिपूर्वक बलि दिनाले ती पशुले मोक्ष प्राप्त गरी माथिल्लो योनीमा जन्म लिने कुरा शास्त्रमा वर्णन गरिएको छ ।

आजैका दिन राति कालरात्रिका रुपमा पशुबलिको विधि र पूजाआजासहित मनाउने गरिन्छ । कालरात्रिको पूजा विधि र सङ्कल्पसमेत छुट्टै हुने भएकाले यसको विशेष महत्व छ । ब्राह्मणले भने कालरात्रि पूजा पनि गर्न नपर्ने विधान छ ।

merokhabarsathi

Read Previous

चितवनमा ज्वाला इन्टरटेनमेन्टको हिपहप नाइट

Read Next

महाअष्टमीको दिन मौलाकालिका मन्दिरमा दर्शनार्थीको घुइँचो (फोटोफिचर)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram