गोरखा दरबारबाट पठाएइको फूलपाती हर्ष बडाइका साथ हनुमानढोका भित्राइयो

हनुमानढोका दरबारस्थित दसैंघरमा फूलपाती भित्र्याइएको छ । गोरखा दरबारले पठाएइको फूलपाती हर्ष बडाइका साथ भित्र्याइएको हो ।

गोरखा दरबारले विहान साढे सात बजे बाजागाजासहित डोलीमा राखेर निकालिएको थियो । दरबारका भित्रिया सुसारे लिलाबहादुर बोहराकाअनुसार फूलपाती चौतारासम्म बोकेर लगि त्यहाँबाट गाडीमा पठाइएको थियो ।

पहिले धादिङको जिवनपुर, नुवाकोट हुँदै हिँडेर फूलपाती हनुमानढोका पुर्‍याउने प्रचलन थियो । वि. सं. २०६६ सालदेखि भने मोटरवाटोको प्रयोग गर्न थालिएको गोरखा दरबार हेरचाह अड्डाका रामेश्वर कट्टेल बताउँछन् ।

गोरखाको फूलपाती हनुमानढोका भित्र्याएपछि मात्र दशैं घरको सुरुवात हुने धार्मिक विश्वास छ । गोरखाबाट पठाएको फूलपाती वैदिक विधिअनुसार हनुमानढोका दरबारमा भित्र्याउने चलन छ ।

हनुमानढोकामा फूलपाती भित्र्याउँदा नेपाली सेनाले सैनिकमञ्च टुँडिखेलमा हर्ष बडाइ गरेको थियो ।

merokhabarsathi

Read Previous

प्रहरीले भोलिदेखि टीकाका दिनसम्म निःशुल्क बस सञ्चालन गर्ने

Read Next

पोल्ट्रीफार्मको सुलीले भरिएको खाल्डोमा डुबेर एक जनाको मृत्यु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram