Breaking News :

अनेरास्ववियु राप्ती नगर कमिटीको आज चियापान कार्यक्रम

नेपालीहरुको महान पर्व विजयादशमीको अवसरमा अनेरास्ववियु राप्ती नगर कमिटीले आज चियापान कार्यक्रम गरेको छ।

नेकपा केन्द्रिय सदस्य तथा चितवन जिल्ला इन्चार्ज कृष्ण प्रसाद शर्मा खनालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको चियापान कार्यक्रममा एकआर्काप्रति शुभकामना दिनुको साथै सद्भाव बढ्नुको साथै चियापान गरिएको थियो।

विशेष अतिथी अनेरास्ववियु चितवन पुर्व अध्यक्ष तथा नेकपा जिल्ला कमिटि सदस्य घनश्याम कंडेल, नेकपा केन्द्रिय अर्थ योजना विभाग सदस्य डा कृष्ण पन्त, नेकपा जिल्ला कमिटि सदस्य मानबहादुर तामाङ रहेका कार्यक्रममा अतिथिहरु नेकपा जिल्ला सदस्य केशव कंडेल, भण्डारा प्रहरी प्रमुख सुशील पाण्डे, नेकपा जिल्ला सदस्य सुशीला थपलिया, सुमिता डल्लाकोटी, राप्ति नगरपालिका २ का अध्यक्ष दुर्गा बहादुर सारु मगर, राप्ति नगरपालिका ३ का अध्यक्ष प्रकाश उप्रेती रहेका थिए। 

शुभकामना मन्तव्य जिल्ला सचिवालय सदस्य जयराम वास्कोटा र राप्ती नेकपा ४ का अध्यक्ष शमशेर लामाले गरेका थिए। शुभकामना मन्तव्य राख्ने क्रममा वास्कोटा र लामाले दशैको शुभकामना दिनको साथै दशैमा हुने तडकभडक र विकृतिलाई रोक्न सहयोग गर्न आग्रह गरेका थिए। 

क निर्देशन त्रिपाठी ले संचालन गरेको कार्यक्रममा स्वागत मन्तव्य अनेरास्ववियु जिल्ला कमिटी सदस्य केशव रेग्मीले गरेका  थिए।

merokhabarsathi

Read Previous

राज्यले दसैँ खर्च बढाउनुपर्ने कैदीबन्दीको गुनासो

Read Next

चितवनमा दशैं नजिकिए संगै प्रहरीको कडा सुरक्षा व्यवस्था

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram