चितवनमा मोटरसाइकलको ठक्करबाट घाइते एक पैदलयात्रीको उपचारको क्रममा मृत्‍यु

आइतबार साँझ भरतपुरको मिलनचोकमा मोटरसाइकलको ठक्करबाट घाइते भएका एक पैदलयात्रीको उपचारको क्रममा मृत्‍यु भएको छ ।

मोटरसाइकलको ठक्करबाट गम्भिर घाइते भएका पैदलयात्री भरतपुर मिलनचोकका ८२ बर्षिय उमाकान्त गैरेको पुरानो मेडिकल कलेजमा उपचारको क्रममा आज (बिहिबार) बिहान सवा ८ बजे मृत्‍यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

उनको शव अहिले पोस्ट मार्टमको लागि भरतपुर अस्पातल लैजाने तयारी भईरहेको प्रहरीले जनाएको छ । उनलाई आइतबार साँझ ६ बजे पुर्बबाट पश्चिम तर्फ आउदै गरेको ना ४८ प ५००६ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो ।

merokhabarsathi

Read Previous

कुखुरा पालेरै चितवनमा १५ बिघा जग्गा किने भुसालले

Read Next

आज वडादशैंको पाँचौं दिन, स्कन्दमाताको पूजाआराधना गरिने

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram