
फाइल तस्बिर
प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महरामाथि जवर्जस्ती करणी आरोपमा लागेको छ । संसद सचिवालयमै कार्यरत एक कर्मचारीले सभामुखबाट आफूमाथि दुर्व्यवहार भएको आरोप लगाएकी हुन् ।
संसदकी कर्मचारीले आफू घरमा एक्लै भएको बेला सभामुख महरा आएर दुव्र्यवहार गरेको आरोप लगाइन् ।उनले सभामुख महरासँग आफ्नो श्रीमानका कारण पहिलेदेखि नै चिनजान रहेको र आउने–जाने पनि हुने गरेको बताउँदै आइतबार साँझ आफू दुर्व्यवहारको शिकार भएको दाबी गरिन् ।
उता सभामुख महराले भने आफूमाथिको आरोप निराधार भएको दावी गरे ।