Breaking News :

जलुके खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको अध्यक्षमा मोतिचन्द्र चालिसे

जलुके खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको अध्यक्षमा मोतिचन्द्र चालिसे निर्वाचित भएका छन् । कांग्रेस र नेकपाका दुई प्यानलबीचको प्रतिष्पर्धामा बाममन्थी प्यानलका दुई उम्मेद्वार अनुगमन समितिको संयोजक र कार्यसमिति सदस्यमा विजयी भएका हुन् ।

यस बाहेक सबै लोकतान्त्रिक प्यानलका उम्मेद्वारहरु विजयी भएका छन् । निर्वाचनमा कुल ११ सय ७ मत खसेको थियो । अध्यक्षमा मोतिचन्द्र चालिसेले ५ सय ९३ मत ल्याइ विजयी भएका हुन ।

१२ गते आइतबार विहान ८ बजेबाट सुरु भएको मतदानमा १५ सय ९६ मतदाताले मत हालेको निर्वाचन समितिका संयोजक लालमणी पौडेलले जानकारी दिए। गैडाकोट १ मा रहेको नेपाल राष्ट्रिय शम्सेर आदर्श माविमा मतदान भएको पौडेलले बताए ।

merokhabarsathi

Read Previous

हिमानीकलीले बच्चा जन्मायो

Read Next

“छोरो बिग्रर्यो दारुले ” बोलको डिजे गित सार्वजनिक

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram