
सुशासन तथा सदाचार प्रवर्धनमा सहयोगी समुहहरुको भूमिका विषयक एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। भ्रस्टाचार विरुद्द एकजुट होऔ भन्दै गरिएको कार्यक्रममा भ्रष्टाचार रोक्नका लागि मुख्यगरि निर्वाचित व्यक्ति र निजामति कर्मचारीहरुको भूमिका महत्वपूर्ण रहेको भ्रष्टाचार विरोधी अभियान्ताहरुले बताएका छन् ।
कार्यक्रममा चितवनमा प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले भ्रष्टाचार गर्नेहरु निजामति कर्मचारी हुन् भनेर दोष लगाएर मात्रै नहुने उल्लेख गर्दै भ्रष्टाचार हुनुमा नीति निर्माता, नागरिक सबै जिम्मेवार भएको बताए ।सो कार्यक्रममा भ्रष्टाचार निगरानी समूह चितवनका उपाध्यक्ष टेकबहादुर थापाले बढी स्रोत र साधन हुने सार्वजनिक कार्यालयमा भ्रष्टाचार बढी हुने उल्लेख गर्दैै निरन्तर खरबदारी गर्नुपर्ने बताए ।
उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सहनलाल प्रधानले सेवाग्राही सचेत भएको अवस्थामा भ्रष्टाचार हुन नसक्ने बताए । कार्यक्रममा कृषि तथा वन विज्ञान विश्वविद्यालयका प्राध्यापक डाक्टर होमबहादुर बस्नेत, भरतपुर महानगरपालिकाका सामाजिक शाखाकी सिर्जना थपलिया, भ्रष्टाचार विरुद्ध अभियान चितवनका सल्लाहकार शालिग्राम पौडेलले प्रशिक्षण दिएका थिए ।
सो कार्यक्रममा इन्जिनियर भोजराज कौडेल, खगेश्वर अधिकारी र सहयोगी समूहबाट दुई जनाले मन्तव्य राखेका थिए । भ्रष्टाचार विरुद्ध अभियान चितवनका अध्यक्ष भीमबहादुर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष डाक्टर ईश्वरीराज लौडारीले स्वागत मन्तव्य राखेका थिए ।