प्रथम कालिका गोल्डकप:लेखनाथ युनाइटेड पोखरालाई हराउदै एपीएफ भण्डारा दोस्रो चरणमा
रविना पौडेल, चितवन। चितवनमा पहिलो पटक मोबाइलको ब्राण्डेड एसोसरिज स्वरुम सन्चालनमा आएको छ। भरतपुरको क्याम्पस गेट अगाडि रहेको टेकम्याक्स सन्चालनमा आएको हो।
टेकम्याक्सको मिस नेपाल २०१८ श्रृङखला खतिवडाले एक भव्य कार्यक्रमका बिच उद्घाटन गरेकी हुन्। उनले टेकम्याक्सको उद्घाटन गर्दै आफुले पनि टेकम्याक्सको प्रोडक्ट प्रयोग गरिसकेको बताउदै टेकम्याक्स संचालकलाई सफलताको शुभकामना दिईन।
कार्यक्रमका विशिष्ट अतिथिको रुपमा रहेका उधोग वाणिज्य संघ चितवनका अध्यक्ष सहनलाल प्रधानले टेकम्याक्सको युनिटलाई सफलताको शुभकामना दिदै चितवनमा यस्तो ब्रान्डको भित्रेकोमा खुसि व्यक्त गरेका थिए।
टेक्म्याक्सको फ्रान्चाइजको रुपमा सन्चालन हुने उक्त स्वरुपमा मोबाइलको ब्राण्डेड एसोसरिजहरु पाइने टेकम्याक्सका संचालक सन्तोष पण्डितले जानकारी दिए । । विश्वको ६० देशमा पाइने ब्राण्डेड एसोसरिजहरु उक्त स्वरुममा उपलब्ध हुने उनको भनाई छ । चितवनमै पहिलो पटक यस किसिमको स्वरुप सन्चालन हुन लागेको उनले जनाए ।
उक्त स्वरुममा मोबाइलको ब्राण्डेड पावर बैंक, हेडफोन, ईएर फोन, स्पिकर लगायतमा एसोसरिजहरु पाइने अर्का संचालक गणेश भुषालले जानकारी दिए । स्वरुममा ४ वटा विश्व विख्यात ब्राण्डका एसोसरिजहरु पाइने भुषालले बताए । डब्लु के, होको, योरुम र लेन्यस ब्राण्डका मोबाइल एसोसरिजहरु त्यहा उपलब्ध हुनेछ । सबै सामनहरुमा ६ महिनाको वारेन्टी समेत हुने उनले बताए । उक्त ब्राण्डका एसोसरिजहरु चितवनमा टेक्सम्याक्सले मात्र बिक्री गर्न पाउने भुषालले जानकारी दिए । ब्राण्डेड समानका पारखीहरुलाई मध्यानजर गर्दै टेकम्याक्स सन्चालन गरिएको उनको भनाई छ।