Breaking News :

प्रदेश ३ को पाँच वर्षे योजना सार्वजनिक

प्रदेश ३ ले पाँच वर्षे योजना सार्वजनिक गरेको छ।

पाँच वर्षमा प्रदेशको आर्थिक वृद्धिदर ११.५ प्रतिशत पुर्‍याउने लक्ष्यसहित प्रदेश ३ को सरकारले आवधिक योजना सार्वजनिक गरेको हो।

शुक्रबार मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश विकास परिषद्को बैठकमा पेश गरेको महत्वाकांक्षी योजनामा पाँच वर्षमा कृषि क्षेत्रको औसत वृद्धिदर ५.५ प्रतिशत, गैरकृषि क्षेत्रको वृद्धिदर ११.७ प्रतिशत पुर्‍याउने लक्ष्य राखिएको हो।

लक्ष्य पूरा गर्न ५ वर्षमा ३२ खर्ब, ३८ अर्ब लगानी आवश्यक पर्ने मुख्यमन्त्री पौडेलले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख छ। लक्ष्य पूरा भए प्रदेश ३ को प्रतिव्यक्ति ग्राहस्थ उत्पादन ४ लाख ५ हजार पुग्ने प्रतिवेदनमा उल्लेख छ।

मुख्यमन्त्री पौडेलले निजी क्षेत्रसँगको सहकार्यमा निर्माण कम्पनी र यातायात निगम सञ्चालन गर्ने पनि बताए।

merokhabarsathi

Read Previous

समाजवादी पार्टी सप्तरीका नेताहरुबीच कुटाकुट

Read Next

१२ गतेदेखि १८ गतेसम्म ठूला मालवाहक सवारी साधनलाई काठमाडौं प्रवेशमा रोक

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram