प्रथम कालिका गोल्डकप:लेखनाथ युनाइटेड पोखरालाई हराउदै एपीएफ भण्डारा दोस्रो चरणमा
कन्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको अनुसन्धानका लागि प्राविधिक विज्ञ टोली गठन गरी अनुसन्धान थालेको छ ।
गृह मन्त्रालयले कञ्चनपुर भीमदत्त नगरपालिका उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्याको अनुसन्धानका लागि प्राविधिक विज्ञ टोली गठन गरी अनुसन्धान सुरु गरेको हो। मन्त्रालयले एक हप्ताअघि राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका पूर्वनिर्देशक जीवन रिजालको संयोजकत्वमा प्रहरी प्रधान कार्यालयका प्रहरी अधिकृत, शिक्षण अस्पतालका चिकित्सकसहितको अनुसन्धान टोली गठन गरेको बताइएको छ ।बलात्कारपछि हत्या भएको घटनाको अनुसन्धानका लागि प्राविधिक टोली गठन गरी अनुसन्धान थालेको मन्त्रालयका सहसचिव एवं प्रवक्ता रामकृष्ण सुवेदीले पुष्टि गरेका हुन् ।
रिजालको टिमलाई अनुसन्धानका लागि १५ दिनको समय दिइएको गृह मन्त्रालय स्रोतले जनाएको नागरिक दैनिकमा खबर छ ।
गत वर्ष साउन १० गते पन्तको बलात्कारपछि हत्या गरिएको थियो । साथीका घरबाट गृह कार्य गरेर घर फर्किरहेकी पन्तको अर्को दिन बलात्कारपछि हत्या गरिएको अवस्थामा शव उखुबारीमा भेटिएको थियो ।
यो खबर नागरिक दैनिकमा टपेन्द्र कार्कीले लेखेका हुन् हामीले त्यहाँ बाट साभार गरेका हौ।