Breaking News :

भरतपुरको कार्टुन उद्योगमा लागेको आगो १४ घण्टा हुदापनि नियन्त्रणमा आउन सकेन

चितवनको भरतपुर महानगरपालिका–४, बार्हघरेमा रहेको कार्टुन उद्योग युनाईटेड प्याकेजिङ प्रा.लि  मा आज (मंगलबार) भिषण आगलागि भएको छ । विहान ३ बजेदेखी लागेको आगो अझै पूर्ण नियन्त्रणमा आउन सकेको छैन ।

साँझ पाँच बजेसम्म पनि आगो पूर्ण रुपमा नियन्त्रणमा आउन नसकेको इलाका प्रहरी कार्यालय नारायणगढले जानकारी दिएको छ। उद्योगमा कागजको ठूलो ठूलो रोलिङ भएकाले नियन्त्रणमा समस्या भएको वडा प्रहरी कार्यालय नारायणगढका इन्चार्ज प्रहरी निरीक्षक रविन रेग्मीले बताएका छन्।

विहानैदेखि पाँचवटा दमकलको माध्यामबाट निरन्तर आगो नियन्त्रणको प्रयास गरिएको छ । भरतपुर महानगरपालिकाको दुईवटा दमकल,खैहरनी नगरपालिका,कावासोती नगरपालिका र नेपाल आर्मीको एक÷एक दमकल आगो नियन्त्रणका लागि प्रयोग गरिएको छ । नेपाली सेना,प्रहरी र स्थानिय आगो नियन्त्रणमा खटिएका छन् ।

विहान चट्याङ परेपछि आगो लागेको स्थानीयको भनाइ छ । आगलागीबाट करोडौंको क्षति भएको प्रहरीले जनाएको छ ।

merokhabarsathi

Read Previous

अस्पतालको प्रसूति इकाइतर्फ आगलागी,आठ नवजात शिशुको मृत्यु

Read Next

निर्मला हत्या प्रकरणः गृह मन्त्रालयद्वारा अनुसन्धान सुरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram