अस्पतालको प्रसूति इकाइतर्फ आगलागी,आठ नवजात शिशुको मृत्यु

एजेन्सी ।अल्जेरियाको पूर्वी भागमा मङ्गलबार बिहान सबेरै एक अस्पतालको प्रसूति इकाइतर्फ भएको आगलागीमा परी आठ नवजात शिशुको मृत्यु भएको आकस्मिक सेवाले जनाएको छ ।

राजधानी अल्जियर्सबाट करिब ५ सय किलोमिटर टाढा रहेको ओयुड सोउफमा रहेको यस अस्पतालमा स्थानीय समयानुसार बिहान ३ः५० बजे सो आगलागी भएको जनाइएको छ ।
अस्पतालबाट ११ नवजात शिशु, १ सय ७ महिला र २८ जना कर्मचारीको उद्धार गरिएको आकस्मिक सेवाका प्रवक्ता नसिम बेनाओवीले एएफपी समाचार समितिलाई बताउनु भएको छ । दुर्भाग्यबस आठ शिशुको भने मृत्यु भएको अस्पताल स्रोतले जानकारी दिएको छ ।

merokhabarsathi

Read Previous

ट्रकको ठक्करबाट एक बालकको मृत्यु

Read Next

भरतपुरको कार्टुन उद्योगमा लागेको आगो १४ घण्टा हुदापनि नियन्त्रणमा आउन सकेन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram