चितवनको कार्टुन उद्योगमा भिषण आगलागि

चितवनको एक कार्टुन उद्योगमा भिषण आगलागि भएको छ । भरतपुर ४ बार्हघरे लंकुमा रहेको युनाईटेड प्याकेजिङ प्रा.लि. मा मंगलबार राती देखी भिषण आगलागि भएको भएको स्थानियले जानकारी दिएकाछन्।

राती (बिहान) ३:३०  बजे देखी लागेको आगो  निभाउने प्रयास भईरहे पनि अझै पूर्ण नियन्त्रणमा आउन नसकेको स्थानियले बताए । आगोबाट उद्योगमा पूर्ण रुपमा क्षति पुगेको छ । तार सर्ट भएर आगलागि भएको हुन सक्ने अनुमान गरिएको छ ।

भद्रनारायण पियाद्वारा सञ्चालित सो उद्योगमा लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । महानगरपालिकाको, दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयवासीको सक्रियतामा आगो निभाउने प्रयास जारी रहेको प्रहरीले जनाएको छ ।

merokhabarsathi

Read Previous

कक्षा ११ को नतिजा आज प्रकाशन हुने

Read Next

कक्षा ११ को परीक्षाफल प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram