प्रथम कालिका गोल्डकप:लेखनाथ युनाइटेड पोखरालाई हराउदै एपीएफ भण्डारा दोस्रो चरणमा
भरतपुरमहानगरपालिका –१६ का वडा अध्यक्ष चतुरमान गुरुङको निधन भएको भएको छ ।
क्यान्सर रोगको कारण गुरुङको मृत्यु भएको हो । बिगत केहि समय देखि क्यान्सरको उपचार गरिरहेका गुरुङको उपचारकै क्रममा भरतपुर सरकारी अस्पताल मा निधन भएको हो। भरतपुर-१६ नेकपाका पार्टी अध्यक्ष बद्रि चापागाईं का अनुसार अध्यक्ष गुरुङको १० बजेर ४५ मिनेट मा मृत्यु भएको हो।
अध्यक्ष गुरुङको दिबंगत शरीरको अन्त्यष्टि पर्सि सोमबार छोराहरु आएपछि मात्र गरिने चापागाईले बताए।