बौद्धिक अपाङ्गता भएका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री हस्तान्तरण

आशिष उप्रेती, चितवन।

१९ औ बौद्धिक अपाङ्गता दिवसको अवसरमा लायन्स क्लब अफ रत्ननगर शान्ति चोक र लियो क्लब अफ रत्ननगर शान्ति च‍ोकले संयुक्त रुपमा रत्ननगर नगरस्तरिय अपांग समन्वय समिति, रत्ननगर चितवनलाई शैक्षिक सामाग्री हस्तान्तरण गरेको छ ।

१९औ बौद्धिक अपाङ्गता दिवसको अवसरमा बिहिबार रत्ननगर नगरस्तरिय अपांग समन्वय समिति, रत्ननगर चितवनले अाय‍ोजना गरेको कार्यक्रममा सो शैक्षिक सामाग्री हस्तान्तरण गरिएको लायन्स क्लब अफ रत्ननगर शान्ति चोकका अध्यक्ष बालकृष्ण भट्टराईले जानकारी दिनुभयो । हस्तान्तरण गरिएको सो शैक्षिक सामाग्री ( कपी र कलम ) नेपाल माध्यमिक विध्यालय रत्ननगरमा अध्ययनरत बौद्धिक अपाङ्गता भएका विद्यार्थीहरुलाई लगेर हस्तान्तरण गरीने आयोजकले जनाएको छ ।

हाल नेपाल माध्यमिक विध्यालयमा ३० जनाभन्दा बढी बौद्धिक अपाङ्गता भएका विद्यार्थीहरु अध्ययनरत रहेका छन् ।

merokhabarsathi

Read Previous

सप्तगण्डकी क्याम्पसमा डेंगु बारे सचेतना कार्यक्रम

Read Next

संविधान जारी भएको चार वर्ष पूरा, विविध कार्यक्रम गरेर मनाइँदै

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram