क्यासिनोको कारोबार कर्मचारीका नाममा गर्न नपाउने

सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धमा क्यासिनो व्यवसायीलाई निर्देशिका जारी गर्दै सरकारले क्यासिनोमा हुने कारोबार र जुवा खेल्नेहरुमाथि निगरानी बढाउने भएको छ ।

क्यासिनो सञ्चालकले अब कर्मचारी, ग्राहक पहिचान, जोखिम मूल्यांकन, शंकास्पद कारोबारको पहिचान सम्बन्धमा कार्यविधि नै बनाएर कार्यान्वयन गर्नुपर्ने छ । क्यासिनोमा ग्राहकमा रूपमा छिर्ने सबै व्यक्तिको पहिचानसम्बन्धी कानूनतः तोकिएको सबै प्रक्रिया व्यवसायीले पालना गर्नुपर्ने प्रावधान अनिवार्य गरिएको छ । यसमा पनि उच्चपदस्थ व्यक्तिको पहिचानलाई कम्पनीहरुले प्राथमिकता दिनु पर्नेछ । उच्च जोखिममा रहेका ग्राहक, अन्य कसुर लागेका वा शंकास्पद् गतिविधिमा संलग्न रहेका व्यक्तिहरुको क्यासिनो प्रवेशलाई पनि क्यासिनो सञ्चालकहरुले कडाइ गर्नुपर्ने भनिएको छ । यस्तो ग्राहकको पहिचान गरी उनीहरुको विवरण अद्यावधिक गरी राख्नुपर्ने निर्देशिकामा उल्लेख गरिएको छ । कानूनका प्रावधानको परिपालनामा अटेर गरे विभिन्न कसुरमा लिखित रूपमा सचेत गराउनेदेखि ५ करोड रुपैयाँ जरिवानासम्मको प्रावधान रहेको छ ।

निर्देशनमा उल्लेख भएबमोजिम नीति तथा कार्यविधि नबनाए अधिकतम ५० लाख रुपैयाँसम्म कारबाहीको प्रावधान राखिएको छ । ग्राहक पहिचान गर्ने सम्बन्धी व्यवस्था कार्यान्वयन नगरे अधिकतम १० लाख रुपैयाँसम्मको कारबाहीको प्रावधान रहेको छ । बेनामी तथा काल्पनिक नाममा कारोबार गरेको पाइए ५ करोड रुपैयाँसम्म जरिवाना तोकिएको छ ।

merokhabarsathi

Read Previous

भारतीय बाँधले बाँकेका वस्ती डुबानमा

Read Next

आज स्वास्थ्य संस्थाको ओपिडीतर्फको टिकट निःशुल्क

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram