Breaking News :

संविधान दिवसका दिन प्रदेश ३ मा बिगुल बजाउनुका साथै तोप र बन्दुक पड्काउने

प्रदेश ३ सरकारले संविधान दिवसलाई तीन दिनसम्म कार्यक्रम गरेर भव्य रुपमा मनाउने भएको छ । मुख्यमन्त्री डोरमणि पौडेल नेतृत्वको मूल समारोह समितिले २, ३ र ४ असोजमा गर्ने कार्यक्रमको खाका बनाएको छ ।

बिहीबार २ असोजमा नगर सरफाइ, खुला दौड, विचार गोष्ठी कार्यक्रम राखिएको छ भने ३ गते बिगुल बजाउनुका साथै तोप र बन्दुक पड्काएर बढाइँ गर्ने कार्यक्रम तय  गरिएको छ ।

मठमन्दिर, गुम्बा र चर्चमा शहीदको आत्माको चीर शान्तिका लागि पूजापाठ गरिनेछ । विहान ७ बजे सीमा चोकबाट सुरु भएको परेडसहितको र्‍याली मकवानपुर बहुमुखी क्याम्पसको मञ्चमा पुगेर कार्यक्रममा परिणत हुनेछ ।

४ असोजमा सार्वजनिक स्थानमा वृक्षारोपण, रक्तदान जस्ता कार्यक्रमहरु राखिएको छ । तीनै दिन सरकारी कार्यालय, उद्योग प्रतिष्ठान, शैक्षिक संस्था, सामाजिक संस्थाहरुमा दीपावली अनिवार्य गरिएको छ भने सर्वसाधारणलाई पनि घरघरमा दीपावली गर्न समितिले आह्वान गरेको छ ।

merokhabarsathi

Read Previous

नेपाल एयरलाइन्सले ज्येष्ठ नागरिकलाई भाडामा ५० प्रतिशत छुट दिने घोषणा

Read Next

संविधान दिवसमा सारङ्गी–आर्केष्टा प्रस्तुत हुँदै

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram