Breaking News :

ज्ञानेन्द्र शाहीलाई कास्कीपछि धनुषा जिल्ला निषेध

पर्यटन, संस्कृति तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराईमाथि अभद्र व्यवहार गरेको भन्द्र सत्तारुढ नेकपाको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालका जिल्ला शाखाहरुले ज्ञानेन्द्र शाहीलाई प्रवेश निषेध घोषणा गरेका छन्।

आइतबार युवा संघ कास्कीले जिल्ला प्रवेशमा रोक लगाएको घोषणा गरेको थियो भने सोमबार धनुषाले पनि शाहीलाई जिल्ला प्रवेशमा रोक लगाएको छ।

संविधानले कुनै पनि नागरिकलाई स्वतन्त्रता पूर्वक हिँडडुल गर्न पाउने मौलिक हक दिए पनि आफ्ना नेता तथा संस्कृतमन्त्री भट्टराईमाथि अभद्र व्यवाहार गरेको आरोपमा युवा संघले जिल्ला प्रवेशमै रोक लगाउन थालेको हो।

युवा संघले शाहीको गतिविधिले लोकतान्त्रिक गणतन्त्रमाथि नै प्रश्न चिन्ह उठाएको आरोप लगाएको छ।

युवा संघ काँस्कीले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ, ‘फेसबुक, ट्वीटर, युट्युवलगायतका सामाजिक सञ्जालहरुको दुरुपयोग गरी समाजमा भ्रम सिर्जना गर्न खोज्ने, द्वन्द्व सिर्जना गर्न उस्काउनेहरु, पछिल्ला उपलब्धी र परिवर्ननको विरोधी तत्वहरुबाट प्रायोजित तथा सञ्चालित छन्।’

कास्कीको प्रेस विज्ञप्ति

धनुषाको प्रेस विज्ञप्ति

merokhabarsathi

Read Previous

बुद्ध एयरले भन्योः मन्त्रीको संयमताका कारण अवस्था सहज बन्यो, अप्रिय घटना हुन बाट जोगियो

Read Next

आज दिनभर कस्तो रहला मौसम?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram