मन्त्री भट्टराईलाई ‘र्‍याखर्‍याख्ती’ बनाएका शाहीलाई अभद्र व्यवहारको अभियोग, शाही प्रहरी हिरासतमा

शनिबार साँझ नेपालगन्ज विमानस्थलमा उड्न लागेको बुद्ध एयरको जहाजभित्र पर्यटनमन्त्री योगेश भट्टराईलाई ‘र्‍याखर्‍याख्ती’ बनाएका ज्ञानेन्द्र शाहीलाई प्रहरीले हिरासतमा लिएको छ।

उनलाई अभद्र व्यवहारको अभियोगमा हिरासतमा लिइएको ललितपुर प्रहरीले जानकारी दिएको छ। दिनभरि प्रहरी नियन्त्रणमा रहेका शाहीलाई आइतबार अबेर राति हिरासतमा लिइएको हो।

ललितपुरमा आइतबार दिउँसो शाहीले आफ्नै कार्यालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनीमाथि आक्रमण भएपछि तत्कालै प्रहरीले उनलाई उद्धार गरी जावलाखेलस्थित जिल्ला प्रहरी कार्यालय पुर्‍याएको थियो।

शनिबार साँझ नेपालगन्ज विमानस्थलमा मन्त्री भट्टराईका कारण एक घन्टा विमान उड्न ढिलो भएको भन्दै शाहीले बुद्ध एयरभित्रै मन्त्री भट्टराईविरुद्ध दुर्व्यवहार गरेका थिए।

merokhabarsathi

Read Previous

नेपालगञ्जमा जहाजभित्र मन्त्री भट्टराईमाथि दुर्व्यवहार भयो:-सचिवालय

Read Next

हत्केलाले सूर्य छेक्न खोज्नेलाई प्रतिवाद गर्न र उनीहरूबाट सतर्क रहन प्रचण्डको अपिल

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram