प्रथम कालिका गोल्डकप:लेखनाथ युनाइटेड पोखरालाई हराउदै एपीएफ भण्डारा दोस्रो चरणमा
बाल दिवसको अवसरमा शैक्षिक सामग्री वितरण

बाल दिवसको अवसरमा चितवनका रविन देवकोटाले श्री श्रीपुर माध्यमिक विद्यालय भरतपुर महानगरपालिका-१५ मा शैक्षिक सामग्री वितरण गर्नुभएको छ ।
सोहि स्कुलका प्रधानध्यापक रामनाथ पौडेल को अध्यक्षतामा भएको कार्यक्रममा सोहि विद्यालय कै पुर्व विद्यार्थी रविन देवकोटा प्रमुख अतिथि रहेका थिए ।कार्यक्रममा उक्त विद्यालयमा अध्ययनरत प्रा.वि तहका( कक्षा नर्सरीदेखि कक्षा ५) ११२जना विद्यार्थीलाई कपी, कलम, पेन्सिल, लगायतका सामग्रीहरु वितरण गरिएको थियो ।
सिर्जना देवकोटाको विशेष सहयोगमा सामग्री वितरण गरिएको बताउदै कार्यक्रमको प्रमुख अतिथि रहेका रविन देवकोटाले बालदिवसको दिनमा आफै पढेको विद्यालयमा बालबालिकालाई सहयोग गर्न पाउदा खुसि लागेको भन्दै खुसि व्यक्त गर्नु भएकोथियो। संगै कार्यक्रमको अध्यक्ष तथा प्रधानाध्यापक रामनाथ पौडेल ले बालदिवसको दिनको शुभकामना दिदै देवकोटालाई धन्यवाद दिएका थिए। बिद्यालयकै सहायक प्राध्यापक हरिषचन्द्र घिमिरेले पनि विद्यालयमा आफ्नै भूपू विद्यार्थीले सहयोग गरेको भन्दै खुसीको साथै कृतज्ञता व्यक्त गरेका थिए।