Breaking News :

इन्द्रजात्रा अवलोकन गर्न राष्ट्रपति बसन्तपुरमा, सुरक्षा व्यवस्था कडा

राष्ट्रपति विद्यादेवी भण्डारी इन्द्रजात्राको अवलोकन गर्न शुक्रबार दिउँसो काठमाडौंको बसन्तपुर पुगेकी छन् । दिउँसो ४ बजेतिर उनी बसन्तपुर पुगेकी हुन् । राष्ट्रपति भण्डारीलाई काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलगायतले स्वागत गरेका छन् ।

विरोधको आशंकामा सुरक्षा कडा बनाइएको छ। भने बाक्लो संख्यामा सुरक्षाकर्मीले घेरा हालेर बाटो  खाली गरेका छन्।प्रहरीले राष्ट्रपतिविरुद्ध हुन सक्ने गतिविधिलाई मध्यनजर गर्दै शंकास्पद व्यक्तिहरुलाई नियन्त्रणमा लिइरहेको छ। बसन्तपुरमा इन्द्रजात्राको अवलोकन गर्ने राष्ट्रपतिको नियमित वार्षिक कार्यक्रम हो।

आजको दिन मुख्य रूपमा मनाइने इन्द्रजात्रा पर्वमा राष्ट्रपतिबाट हनुमानढोकास्थित गद्दी बैठकमा जीवित देवीका रूपमा रहेका श्री कुमारी, श्री गणेश र श्री भैरवको रथयात्रा नजर गर्ने परम्परा छ ।

इन्द्रध्वजाको लिङ्गो ठड्याएपछि शुरु भएको इन्द्रजात्राभरि भक्कुनाच, महाकालीनाच, लाखेनाच, दशअवतार तथा देवराज इन्द्रको वाहन ऐरावत हात्तीको प्रतीकका रूपमा पुलुकिसी नाच नचाउने गरिन्छ ।

इन्द्रध्वजाको लिङ्गो ठड्याएको आठौँ दिनपछि अर्थात् आश्विन कृष्ण चौँथीका दिन ‘इन्द्रध्वज पातन’ गर्ने अर्थात् लडाउने विधान रहेको छ ।

merokhabarsathi

Read Previous

इन्द्रजात्रामा राष्ट्रपति आउनु अघि नै २४८ थान कालो टिसर्ट बरामद

Read Next

इटालीको गाउँमा बस्नेलाई त्यहाँका प्रशासनले २७ हजार अमेरिकी डलर सहित तलब पनि दिने

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram