Breaking News :

इन्द्रजात्रामा राष्ट्रपति आउनु अघि नै २४८ थान कालो टिसर्ट बरामद

प्रहरीले बसन्तपुर क्षेत्रबाट विरोध प्रदर्शन गर्ने तयारीमा रहेको व्यक्तिहरुलाई पक्राउ गरेको छ । इन्द्रजात्राको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी बसन्तपुर आउने समयअघि प्रदर्शन गर्न लागेकाले उनीहरुलाई पक्राउ गरिएको प्रहरीले बताएको छ ।  राष्ट्रिय पहिचान संरक्षण संयुक्त संघर्ष समितिको नाममा प्रदर्शन गर्न लागेकाहरुलाई प्रहरीले पक्राउ गरेको हो।

पक्राउ परेकाहरुबाट प्रहरीले २ सय ४८ वटा कालो रङको टिसर्ट र ब्यानर बरामद गरेको छ । टिसर्टमा नेवारी भाषामा विभिन्न नारासमेत लेखिएको छ ।

प्रहरीले राष्ट्रिय पहिचान संरक्षण संयुक्त संघर्ष समितिमा आवद्ध ललितपुर गोदावरी ५ का नारायण अर्याल, काठडमाडौं महानगरपालिका २१ का रघुराज राजभण्डारी, सुवास राजभण्डारी, काठमाडौं महानगरपालिका २० का सुनील लामालगायतलाई पक्राउ गरेको छ । पक्राउ पर्ने अन्यमा नेपाल प्रहरीका पूर्व डीआईजी र नेपाली सेनाका पूर्वसमेजरसमेत रहेका छन् ।

काठमाडौं प्रहरी प्रमुख उत्तमराज सुवेदीले इन्द्रजात्राको समयमा विरोध प्रदर्शन गर्ने योजना बनाइरहेको भेटिएपछि उनीहरुलाई पक्राउ गरिएको बताए । उनले अनलाइनखबरसँग भने, ‘योजना बनाउँदै गर्दा सेनाका पूर्वमेजर पनि समातिएका छन् ।’ यद्यपि, उनले मेजरको नाम भने खुलाएनन् ।

अहिले वसन्तपुरमै भएकाले पक्राउ पर्नेको यकिन संख्या पनि खुलिनसकेको उनले बताए । उनले भने, ‘उनीहरु व्यवस्थाविरुद्ध नै नारावाजी गर्ने योजनामा थिए ।’

merokhabarsathi

Read Previous

खाद्य र अखाद्य बस्तु छुट्टाछुट्टै राखेर बिक्रि गर्न आग्रह

Read Next

इन्द्रजात्रा अवलोकन गर्न राष्ट्रपति बसन्तपुरमा, सुरक्षा व्यवस्था कडा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram