स्वास्थ्यमन्त्री उपेन्द्र यादवको राजीनामा माग

नेपाली कांग्रेसका सांसद सञ्जयकुमार गौतमले  स्वास्थ्यमन्त्रीको राजीनामा माग गरेका छन् । मन्त्री र स्वास्थ्यकर्मी सहित देशभर डेंगु प्रभावित हुँदा पनि स्वास्थ्यमन्त्री चुप बसेको भन्दै उनले उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवको राजीनामा माग गरेका हुन् ।

‘स्वास्थ्यको जिम्मा लिएर बसेका मन्त्री कहाँ हुनुहुन्छ ? अब त प्रधानमन्त्रीज्यू पनि आइसक्नुभयो । यो बेलामा चुप लागेर बसेर हुँदैन’ उनले भने ‘रुलिङ गरेको भरमा झारा टारेर हुँदैन, म स्वास्थ्यमन्त्रीको राजीनामा माग गर्छु, सरकार मुकदर्शक भएर हुँदैन, तत्काल संकटकाल घोषणा गरेर अघि बढ्नुपर्छ ।’

‘मन्त्री स्वयं डेंगुको रोगले अस्पतालमा हुुनुहुन्छ । स्वास्थ्यकर्मी पनि यसबाट पीडित हुनुहुन्छ । ३ हजार जनता डेंगुबाट पीडित छ । सिंगो देश आक्रान्त छ । तर सरकार मौन छ । म यसमा घोर आपत्ति जनाउँदै स्वास्थ्यमन्त्रीको तत्काल राजीनामा माग गर्दछु’ सांसद गौतमले भने ।

merokhabarsathi

Read Previous

सामुदायिक क्याम्पस सवलीकरणका लागि प्रदेश सरकारले सक्दो सहयोग गर्ने:- मुख्यमन्त्री पौडेल

Read Next

निजी मेडिकल कलेजको अवैध असुली : एमबिबिएसका विद्यार्थीमाथि कलेजको शोषण, प्रहरीको दमन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram